जेष्ठ नागरिककाे स्वस्थ्य जाँच तथा औषधि वितरण

147246197_408677340423525_725475857446228487_n

रसुवा , सामाजिक अभियान्ता नर्स प्रतिमा तामाङले गाेसाँइकुण्ड गाउँपालिका वडा नम्बार ५ स्थित ठूलाेस्याफ्रु गाँउमा जेष्ठ नागरिक स्वस्थ्य परिक्षण तथा आवश्यक औषधि वितरण गरी सम्मान गरिन ।

साे कार्यक्रममा अभियानता नर्स प्रतिमा तामाङले गाउँका ७० वर्ष नाघेका ४८ जना बृद्धबृद्धाहरूलाई न्यानाे ज्याकेट र ट्रयाक वितरण गरी सम्मान गरेकी हुन । स्याफ्रुका बृद्धहरू स्वास्थ्य चेक जाँच तथा उचारकाे लागि धुन्चे अस्पताल र स्याफ्रुबेशीकाे स्वस्थ्यचाैकीमा एक दिन हिंडेर जानु पर्ने कठिन अवस्था देखेकाे हुदाँ उक्त जेष्ठ नागरिकहरूकाे सम्मानार्थ बृद्धहरूकाे साधारण स्वस्थ्य चेक जाँच गरी आवश्यक औषधि वितरण भयाे । स्वास्थ्य चेक जाँच कार्यक्रममा नर्स प्रतिमा सँगै स्याफ्रुबेशी स्वस्थ्यचाैकी ईन्चार्ज सबिना श्रेष्ठ  सहभागी थिए । माघ २५ काे बाक्लाे हिमपातकाे जाडाेबाट त्यहाका बृद्धबृद्धाहरूलाई जाेगाउन कार्यक्रम आयाेजना गरेकाे  नर्स प्रतिमाले बताईन् ।  बृद्धहरूलाई न्यानाे ज्याकेट , बाक्लो ट्रयाक, आवश्यक औषधि र बृद्धहरूलाई मल्टी भिटामिनहरू वितरण गरी बृद्धहरूकाे लागि उदाहरणीय कार्य गरेकाे स्थानीय पेमादाेर्जे स्याङबाले प्रशंसा गरी धन्यवाद दिनु भयाे ।147246197_408677340423525_725475857446228487_n

सामाजिक अभियानता नर्स प्रतिमाले विगत २/३ वर्षदेखि टिमुरेबाट सुरू गरेकाे स्वस्थ र शिक्षित सामाज निर्माण अभियान नाैकुण्डकाे सिम्बेन्दी, कालिकाे राम्चे , आमाछाेदिङमाे गाउँपालिकाकाे काे ग्रे र गत्लाङहुँदै गाेसाईकुण्ड गाउँपालिकाकाे प्रयजसाे सबै गाउँमा कार्यक्रम संचालन गरिसकेकाे छन् । बिएस्सी नर्सिङ पढेका नर्स प्रतिमाले पढाइ सकेर गाउँगाउँमा यस्ताे असल सामाजिक अभियान चलाउने एक उदाहरणीय  युवा रहेकाे जिल्ला समन्वय समितिका सभापति  कुलप्रसाद भट्ट बताउनुभयाे । कार्यक्रममा लाङटाङ राष्ट्रिय निकुञ्ज उपभोक्ता समिति अध्यक्ष पेमादार्जे तामाङ, नेकपा गाउँ कमिटि अध्यक्ष दावा तमाङ, प्रमुख लामा लामा सिंगी लामा, गाेम्बा प्रमुख लामा , लामाबाबु लामा, मेगा बैंक शाखा प्रबन्धक क्षाेक्यालदाेर्जे लामा, जेष्ठ नागरिक लक्षित राम्राे र उदाहरणीय काम गरेकाे भन्दै स्थानीयले अभियन्ता प्रतिमालाइ खादा लगाएर धन्यवाद दिएका थिए ।

Comments

comments