जोखिम बस्ती धमाधम स्थानान्तरण नयाँ घर पाएपछि खुशी

IMG_9840

विनाशकारी भूकम्पको कारण जोखिम बस्तीमा परेका विस्थापित घरधुरीहरुको पुनर्वास हुन थालेको पछि उनीहरु खुशी भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विस्थापित परिवारलाई पुनर्वास गराउने कार्यनीति अनुरुप २ लाख रुपियाँ जग्गा खरिदवापत र ३ लाख रुपियाँ घर बनाउनको लागि सहयोग गरेसँगै विस्थापित क्रमशः स्थापित हुँदैछन् ।
भूकम्पको कारण जोखिम बस्तीमा परेर विस्थापितको सूचीमा रसुवामा सवैभन्दा बढी छन् । भूकम्पको करण १४ अति प्रभावित र ३१ जिल्ला समेत प्रभावित हुन पुगेको थियो । यसमध्ये रसुवामात्र एक हजार ८७ घरधुरी आफ्नो साविक थातथलोबाट विस्थापित भएको तथ्यांक छ । विस्थापित परिवारलाई व्यवस्थापन गर्ने गरी आएको पुनर्निर्माण प्राधिकरणको कार्यविधिअनुसार २ लाख रुपियाँ लिई घडेरी खरिद गर्ने परिवार बढेका छन् । रसुवामा हालसम्म छ सय ३० परिवारले घडेरी खरिद गरेको जग्गा प्राप्ति अभियानमा सघाइरहेको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका जिल्ला संयोजक विश्वास नेपालीले बताउनुभयो ।20190808_121609
भूकम्पको कारण विस्थापित भई लामो समय जस्ताको अस्थायी टहरा निर्माण गरी बसोबास गर्दै आएका विस्थापितहरु अहिले धमाधम जग्गा खरिद र घर निर्माणमा जुटेका छन् । यसरी विस्थापित परिवारलाई जग्गा व्यवस्थापन र पुनर्वासमा आत्मनिर्भर सेवा केन्द्रले दिगो समाधान कार्यक्रममार्फत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई सहयोग गरिरहेको छ ।
आफ्नो थातथलो जोखिममा परेर बिस्थापित भएका उत्तरगया गाउँपालिका वडा नं १ बाट बिस्थापित ३७ परिवार रसुवा र नुवाकोटको सीमाना शान्तिबजार क्षेत्रमा जग्गा खरिद गरी घर निर्माण गरी बसोबास भएपछि खुसी छन् । वस्तीका अगुवा ढिण्डुप तामाङ भन्छन्, अहिले हामी सुरक्षित रुपमा आफ्नै नयाँ घर बनाई बसोबास गर्न थालेका छौं । उहाँको बस्तीमा नयाँ चिटिक्क परेका ३७ वटा घर भर्खरै निर्माण सम्पन्न भयो । उनीहरू सबै जना यतिबेला नयाँघरमा सुरक्षित र खुसी महशुस गरी बसोबास गरिरहेका छन् । ‘लामो समय अन्यौलमा परेका थियौं अहिले नयाँ घर पाएपछि हामी धेरै खुशी छौं उहाँले भन्नुभयो । ’
भूकम्प पछि सुख्खा पहिरोले बसिरहेको स्थान जोखिममा परेपछि लामो समय अस्थायी शिबिरमा बस्नु परेको थियो । अहिले आवास निर्माण भएपछि ३७ परिवार खुशी भएको स्थानीय अगुवा फैराम तामाङले बताउँनुभयो । २ कोठे घर र शौचालय निर्माण भएपछि सुरक्षित घरमा ढुक्कले बस्न थालेको तामाङले बताउनुभयो ।‘अब खानेपानी र विद्युतिकरणको समस्या परेको छ, यसको लागि हामीले गाउँपालिकालाई अनुरोध गरेका छौं उहाँले भन्नुभयो ।’
यस्तै, उत्तरगया गाउँपालिका वडा नं.१ डाडाँगाउँबाट भूकम्पमा पछि पहिरोको करण जोखिममा परी बस्न नमिल्नेभएपछि २८ परिवार मिलेर छिमेकी जिल्ला नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ खोलेबेशीमा जग्गा खरिद गरी एकीकृत रुपमा बसोबास सुरु गरेका छन् । बस्तीका अगुवा विरबहादुर तामाङले भन्नुभयो, नयाँ घरमा बसोबास सुरु गरेकोले धेरै खुसी छौं । तर, खानेपानी र जीविकोपार्जनको समस्या भने छ, त्यसको लागि हामीलाई सरकारले थप सहयोग गर्छ की भन्ने आशा छ ।
उत्तरगया गाउँपालिका वडा नं. ५ नौबिसेमा लहरै १६ घर निर्माण भएका छन् । उनीहरु सोही गाउँपालिका वडा नं.४ पैरेबेशीबाट विस्थापित भई यहाँ आई बसोबास सुरु गरेका हुन् । उनीहरुले सरकारले दिएको २ लाख रुपियाँमा केही रकम आफैंले जोहो गरी थपी सुरक्षितस्थानमा जग्गा खरिद गरी घर निर्माण गरी बसोबास सुरु गरेका छन् । बस्तीकी अगुवा जानुका थापा मगर भन्नुहुन्छ, हामीलाई गाउँ जोखीममा परेपछि साह्रै डर लागेको थियो, तर अहिले हामी गाउँ छाडेर जीवन जोगाउनको लागि सुरक्षित ठाउँमा घडेरी खरिद गरी घर बनाई बसोबास गर्न थालेका छौं, गाउँ नजिकै भएको हुँदा दिउँसो जाने खेतीपाती गर्ने र बेलुकी यहाँ बसोबास गछौं ।
पुनर्निर्माण प्राधिकरणले जिल्लाका चार ठाउँमा बस्ती स्थानान्तरण प्रक्रिया अघि बढाएको छ । उत्तरगया गाउँपालिका १ तिरु, वडा नं. ५ बोगटीटार, आमाछोदिङ्मो गाउँपालिका वडा नं २ पाङलिङ् र नौकुण्ड गाउँपालिका वडा नं. १ लाङ्बुमा एकीकृत बस्तीमार्फत दुईसय ५१ परिवारको पुनर्वास गर्न लागिएको पुनर्निर्माण प्राधिकरण रसुवा कार्यालय प्रमुख लेखराज पोखरेलले बताउनुभयो । पिनले डिपिआर तयार गरेको जानकारी दिदै उहाँले भन्नुभयो, ‘अव प्राधिकरणले समयसीमा तोकिसकेको हुँदा बाँकी घरधुरीको व्यवस्थापनको लागिपनि समयमा व्यवस्थापन गर्नेछौं ।’IMG_9840
तस्वीर ः नयाँ घर पाएपछि खुशी ः उत्तरगया गाउँपालिका १ रसुवाका बिस्थापितहरुको बस्ती शान्ति बजार बस्ती
तस्वीर ः हेमनाथ खतिवडा रसुवा

Comments

comments