टिमुरेमा सनराइज बैंक खुल्याे

sunrise-bank-branch-timure-rasuwa

रसुवाको टिमुरेमा सनराइज बैंकले एक सय २७ औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र भन्सार प्रमुख पुण्य विक्रम खड्काले गरेको थियो ।

पर्यटकीय हिसबले समेत महत्वपूर्ण मानिएको यस क्षेत्र चीनसँगको व्यापारीक नाका पनि भएकोले ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखेर बैंकले शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

उद्घाटन कार्यक्रममा गोसाँइकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष दावा दोर्जे तामाङ, टिमुरेका स्थानीयवासी, बुद्धिजिवी र व्यापारीहरूको लगायतकाे  उपस्थिती रहेको थियो ।

Comments

comments