टिमुरे पहिराे पीडितलाइ राहत बितरण

राहत Timure

रसुवाको गोसाईकुण्ड गाउँपालिका -२ टिमुरेका पहिरो पीडितलाई राहत रकम प्रदान गरिएको छ । बिहिबार गोसाईकुण्ड गाउँपालिकाले टिमुरेमा एक कार्यक्रमा पहिरो पीडितलाई राहत रकम प्रदान गरेको हो ।

०७५ साउन ९ गते अबिरल बर्षासँगै आएको पहिरोमा परेर मृत्यु भएका तथा घरमा क्षति पुगेका पीडित परिवारलाई गाँउपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ र उपाध्यक्ष कारग्याल्मु तामाङले संयुक्त्त रुपमा तीन लाख ६० हजार रकम बितरण गर्नुभयाे ।  गाउँपालिकाको विपद् व्यवस्थापन कोष अन्तर्गत एकै घरका दुई जना मृतकका परिवारलाई एक लाख ६० हजार तथा पहिरोले क्षति पुगेका ४ घरका परिवारलाई प्रति परिवार ५० हजार रुपयाँका दरले राहत रकम प्रदान गरिएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।


जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा गएको पहिराले ९ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । पहिरोले एक पक्की सहित चार घर पूर्ण क्षति भएको थियो । स्थानीय थेक्पादोर्जे तामाङ, लाक्पाडिण्डुप तामाङ, कार्साङनगरकोटी र देबबहादुर मगरको घर पूर्ण रूपमा क्षति पुगेको थियो ।  एकै परिवारका कामी घले र कार्साङकिमु घले सहित नुवाकोट र सिन्धुपाल्चोकका गरी नौ जनाको मृत्यु भएको थियो । 

Comments

comments