टिम कन्सल्टको पुतलीसडक कार्यालय उद्घाटन !

18766971_10155150758766675_676377496_o

काठमाडौं । अस्ट्रेलिया अध्ययनको क्षेत्रमा सेवा दिंदै अाइरहेको परामर्शदात्री संस्था टिम कन्सल्टले काठमाडौँको पुतलीसडकमा पनि आफ्नो कार्यालय स्थापना गरेको छ । आईतवार एक समारोहका बीच प्यासिफिक कलेज अफ टेक्नोलोजी, सिड्नीका प्रिन्सिपल प्रदिप ढकालले कार्यालय उद्घाटन गर्नुहुँदै नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया अध्ययनको लागि सहज परिस्थिती बनेको र अध्यागमनसम्बन्धी नयाँँ नियमहरुलाई राम्ररी बुझेर सदुपयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा शुभकामना दिने क्रममा शिक्षाविद प्राध्यापक डाक्टर प्रेम नारायण अर्यालले विदेश अध्ययनलाई राष्ट्रहितमा प्रयोग गर्न परामर्शदात्री संस्थाहरुको भूमिका उल्लेख्य रहेको बताउनुहुँदै टिम कन्सल्टको विस्वशनीय परामर्श सेवाको प्रशंशा गर्नुभयो । उद्घाटन सत्रमा मन्तव्य राख्नुहुँदै स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का संस्थापक अध्यक्ष मान बहादुर राईले परामर्श सेवालाई थप मर्यादित बनाउन परामर्शदात्री संस्थाहरुबीच स्वस्थ प्रतिस्प्रधा र समन्वय हुनुपर्ने र विद्यार्थी तथा अभिभावकले पनि उपयुक्त परामर्शदात्री संस्थामार्फत सेवा लिनुपर्ने बताउनुहुँदै टिम कन्सल्टको व्यावसायिकताको प्रशंशा गर्नुभयो ।

कार्यक्रममा अस्ट्रेलिया अध्ययनसम्बन्धी विविध बिषयमा जानकारी दिनुहुँदै टिम कन्सल्ट सिड्नी कार्यालयका निर्देशक तथा बजार व्यबस्थापक सत्य प्रकाश कँडेलले छोटो समयमा टिम कन्सल्टलाई हाम्रो कलेज, प्यासिफिक कलेज अफ टेक्नोलोजी लगायत बिभिन्न कलेजहरुबाट उत्कृष्ट परामर्शदात्री संस्थाको सम्मान दिलाउनमा भूमिका खेल्नुहुने नेपाली विद्यार्थी तथा अभिभावक एवम् कर्मचारी र सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुभयो । टिम कन्सल्टका नेपाल प्रमुख तथा प्रबन्ध निर्देशक विनोद कुमार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परामर्शदाता व्यवशायीहरु सरोज बस्नेत, राम शरण ढकाल, टिम कन्सल्ट सिड्नीका रुपक अधिकारी लगायतले अस्ट्रेलिया अध्ययनका विविध सवालमा चर्चा गर्नुभएको थियो । उद्घाटनसँगै सिड्नी, बागबजार, बुटवल, चितवन, पोखराबाट सेवा दिंदै अाइरहेको टिम कन्सल्टले पुतलीसडक, शंकर देव क्याम्पसअगाडिको आफ्नो नयाँँ कार्यालयबाट पनि आईतवारबाटै सेवा प्रारम्भ गरेको छ ।

Comments

comments