ट्युसन कक्षा संचालन गर्नका लागि सरकारले बजेट विनियोजन

रसुवा, शिक्षाकाे गुणस्तर उकास्न रसुवाकाे स्थानीय सरकारले ट्युसन कक्षा संचालन गर्नका लागि बजेट विनियोजन गरेकाे छ ।

नौकुण्ड गाउँपालिकाभित्रका माध्यमिक विद्यालयमा ट्युसन कक्षा संचालन गर्नका लागि बजेट विनियोजन गरिएको छ । गाउँपालिका भित्र रहेका ५ वटै माध्यमिक विद्यालयमा ट्युसन कक्षा संचालनका लागि विद्यार्थी संख्याको आधारमा बजेट विनिमयोजन गरिएको अध्यक्ष नुर्पुसाङ्बो घलेले बताए ।

प्रति विषय एक बिद्यार्र्थीका लागि मासिक साढे २ सय रूपैया विद्यालयलाई उपलब्ध गराउने उपाध्यक्ष सिर्जना लामाले बताइन् । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीहरुले अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन पढ्दै आएका छन् । ट्युसन पढ्न बाहिर जाने दर घटाउने र ट्युसन पढने खर्च र समय जोगाउन पालिकाले यस्तो निर्णय गरी बजेट विनियोजन गरेको हाे । नौकुण्ड गाउँपालिका  भित्रका  निर्कुभुमे, बागेश्वरी, गोसाईकुण्ड, गौतमवुद्व र नारायण गरी कुल ५ माविलाई बजेट व्यवस्थापन गरेको छ ।

Comments

comments