ट्रिपरको ठक्करबाट मृत्यु भएको घटना छानविन गर्न माग

144223928_2644350735689852_7706996082388371936_n

रसुवा, नौकुण्ड गाँउपालिका- ५ बडहरेका १९ वर्षीय युवक छवीलाल न्यौपानेको नुवाकोटकाे बेलकोटगढी-५ केउरीनीमा ट्रिपरको ठक्करबाट मृत्यु भएको घटनाकाे तथ्य छानविन गरी दाेषीलाइ कारबाही गर्न पीडित परिवारले माग गरेका छन्  ।

बिहीबार बिहान गल्छीहुँदै काठमाडौ  जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका-५ स्थित केउरीनी नजिकै ‘देवीघाट–गल्छी’ सडक खण्डमा बा ४ ख ६५९४ ट्रिपरले दिएको ठक्करबाट ज्यान गएको हो । उनी चढेको बा.७५ प ७६११ नं को मोटरसाइकल लडिरहेको अवस्थामा भेट्टिएको भन्दै प्रहरीले उद्धार गरेर त्रिशूली अस्पताल पुर्याएकाे थियो । त्यहाँ लैजादाँ उनकाे मृत्य भैसकेको चिकित्सकले बताएका थिए । उनलाई ट्रिपरले ठक्कर दिएर ज्यान लिएको र उपचारको लागी अस्पताल लगेको भनेर प्रहरीले भनेपनि घटनाको तथ्य बङ्गाउनको लागी त्यसो गरेको पाइएको छ । घाइतेलाई उपचारको लागी अस्पतालमा लगेको भएपनि उनले लगाएको हेलमेट टाउकोबाट ननिकालेको, मुखमा लगाएको माक्स समेत नझिकेको पाइनुले प्रहरीले ठक्कर दिने ट्रिपरलाई बचाउनको लागी त्यसो गरेको पाइएको छ । उनलाई ठक्क्र दिने ट्रिपरमा रगत समेत लतपतिएको र मोटरसाइकल ठक्कर दिदा कोरिएको डोब प्रष्ट रुपमा देख्न सकिने भएपनि नुवाकोट प्रहरीले घटनालार्ई तोडमोड गर्न थालेपपिछ पीडित पक्षले बिरोध जनाउदै दोषीलाई उम्कन नदिनको लागी कारबाहीको माग गरेका छन् । नुवाकाेटकाे किस्पाङ गाउँपालिकाका जनप्रतिनिधीकाे ट्रिपर रहेकाे बुझिएकाे छ । 144223928_2644350735689852_7706996082388371936_n

ट्रिपरका चालकलाई कारबाही गर्न नुवाकोट प्रहरीले वेवास्था गरेको भन्दै पीडित परिवार, आफन्त सहितले बिहीबार साँझ सयौंको सङ्ख्यामा नुवाकोटको विदुर चोकमा जम्मा भएर विरोध प्रदर्शन गरेका थिए । पीडित परिवारले ट्रिपरले मोटरसाइललाई ठक्कर दिदाँ त्यहाँ रगत समेत देखिएको र स्थानीय प्रत्यक्षदर्शीले समेत त्यही भनेपनि प्रहरीले दाेषी चाकललाई कारबाही गर्न वेवास्था गरेको भन्दै उनलाई काराबहीको दायरामा नल्याएसम्म बिरोध प्रदर्शन जारी राख्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटनाको सम्बन्धमा अनुसन्धान भैरहेकाले दोषीलाई कारबाही हुने भनेर प्रहरी प्रमुख तुलबहादुर कार्कीले बताएपिन २४ घण्टा बित्दापनि दाेषी पक्राउ नपरेकाे अाफन्तले बताएका छन् ।

पीडित पक्षले छलफलको लागी समेत समय माग गर्दा वेवास्था गर्दै प्रहरीले घटनालाई लुकाउन खोजेको अर्को आधार देखिएको छ । मोटरसाइकललाई ठक्कर दिएको ट्रिपर सहित त्यसको चालकलाई पक्राउ गरेको भएपनि मुद्दा चलाउन नुवाकोट प्रहरीले वेवास्था गरेको हो । मिनीट्रकका चालक नुवाकोटको काहुलेका अमृत लामाको सवारी चालक अनुमतिपत्र हेभी सवारी साधनको भएकाले उनलाई कारबाहीमा ल्याउन झन् सजिलो हुने भएपनि प्रहरी उम्काउन लागेकाे भन्दै पीडितका परिवारले यस घटनामा न्यायको लागी साथ दिन सबैलाई सहयोग मागेको छ ।

Comments

comments