ठूलोगाउँ स्वास्थ्य चौकीको अभियान : ‘बच्चा जोखौ, नुन बोकौ’

thulo-gau-health

 

 उत्तरगया गाउँपालिका वडा नं. ३ ठूलोगाउँस्थित ठुलोगाउँ स्वास्थ्य चौकीले ‘बच्चा जोखौ, नून बोकौ’ अभियान सुरु गरेको छ ।

चौकीका प्रमुख कृष्णप्रसाद भण्डारीले गाउँका अभिभावकहरुले नियमित रुपमा आफ्नो बच्चाको तौल जोख्न नआउने हुँदा त्यसलाई आकर्षित गराउन यो अभियान थालनी गरेको बताए । प्रत्येक महिनाको १५ गते बच्चाको तौल चेक जाँच गरिनेछ । त्यसबेला तौल गर्न स्वास्थ्य चौकीमा आउनेलाई नुन दिएर पठाउने उनले बताए ।

यो अभियान माघ महिनाबाट सुरु गरिएको हो । यो वडामा २ वर्ष मुनिका ४० बालबालिका रहेका छन् । नियमित तौल नलिदा बच्चा कुपोषित भएको छ, उनले भने । आपतकालिन सेवा शुल्क लगायत अन्य शुल्कबाट अभियान सुरु भएको हो, प्रमुख भण्डारीले भने, ‘कार्यक्रम धेरै बजेट अभाव भएका कारण धेरै कामहरु गर्न नसकिएको हो ।

सरस्वती न्याैपाने

Comments

comments