डकर्मी सिकर्मी तालिम समापन

Gharelu

लहरेपौवा , रसुवा
भूकम्प पीडितहरुलाई पुर्न र्निमाणमा सहभागी गराएर भूकम्प प्रतिरोधी आवास निर्माणमा सहभागी गराइ  आर्जनमा टेवा पुर्याउने उद्देश्यले रसुवामा ४५ दिने डकर्मी , सिकर्मी तालिम सम्पन्न भएको छ ।

विनाशकारी भूकम्प पीडित रसुवा जिल्लामा पुनर्निर्माणका लागि सहयोग पुर्याउन र रोजगारी सिर्जना गर्न हाकु र डाडागाउबाट बिस्थापित भइ बोगटीटारको शिविरमा रहेका ७ महिला र २१ पुरुष गरी २८ जनाको सहभागीतामा लहरेपौवा गाबिस बोगटिटारमा सन्चालित डकर्मी तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम वरिष्ठ उधोग अधिकृत खगेन्द्र नेपालको अधक्ष्यतामा प्रमुख अतिथी सन्चालक समितिका अधक्ष्य जगन्नाथ नेपाल्, अतिथी निर्देशक रामबहादुर राना, जिविसका स्थानीय शुसासन बिज्ञ कबिराज लम्साल सहित अन्यको उपस्थितिमा सम्पन्न भएकाृ थियो ।

Comments

comments