डकुमेन्ट्री फिल्ममा भूमि अधिकार

Langtangnews.comlOGO

काठमाडौं, मसिना प्रलोभन र साइनोमा फसेर संसारभरका आदिवासीहरूले आफ्नो जमिन कसरी गुमाइरहेका छन् । शुक्रबार राजधानी डकुमेन्ट्री फिल्मसहित चर्चा गरियो।

आदिवासी चलचित्र आरकाइभले गरेको ‘श्रव्यदृश्य माध्यमबाट आदिवासी जनजातिहरूको भूमिसम्बन्धी सचेतना’ कार्यक्रममा काउलो लिउन प्यासिडल र भिकुंग लालेङ्गङ निर्देशित ताइवानी डकुमेन्ट्री फिल्म ‘जम्प फर स्र’ र अरुण प्रधान निर्देशित नेपाली डकुमेन्ट्री फिल्म ‘पसिनाले सिञ्चेको भूमि’ देखाइएको हो।

‘दहीको प्रलोभनदेखि मीत लाउने साइनोसम्ममा नेपाली आदिवासीहरूले जमिनमाथिको आफ्नो स्वामित्व गुमाउ“दै गएको संस्कृति देखिन्छ,’ डा.कृष्ण भट्टचनले भने। अन्तर्राष्ट्रिय कलाकारहरूले समेत आफ्नो समुदायको अधिकारलाई जोडतोडले उठाइरहेको बेला नेपाली आदिवासीकलाकारहरू भने ‘ऐक्यबद्धता जनाउने तहसम्म पनि’ उत्रिन नसकिरहेको अवस्था औंल्याए चलचित्रकर्मी नवीन सुब्बाले। एसिया इन्डिजिनियस पिपुल्स प्याक्ट (एआईपीपी) को सहकार्यमा भएको कार्यक्रममा चलचित्रकर्मी संजोग लाफा, मनोज आठपहरिया लगायतले पनि बोलेका थिए । नया“ बन्ने संविधानमा आदिवासी जनजातिहरूको भूमिमाथिको अधिकारको वकालतको उद्देश्यले कार्यक्रम गरिएको लाफाले जनाए ।

Comments

comments