डाडागाउँ गाविस खुला दिशा मुक्त घोषणा तयारीमा

Dandagaun

धुन्चे रसुवा जेठ १८ गते । सन २०१७ मा जिल्लालाई नै खुला दिशामुक्त घोषणा गर्ने अभियान अन्तर्गत डाडागाउँ गाविस पनि खुला दिशामुक्त गर्ने तयारी भएको छ ।
कुल ४ सय ५१ घर धुरी रहेको यस अघि नै १ सय ७० घरमा शौचालय निर्मण भएका छन् । जिल्लाबाट प्यान पाईप ल्याएर बितरण गरिसकेकोले अहिले गाउँमा धमाधम शौचालय निर्माण अभियानकै रुपमा बन्दै गरेको छ । असारभित्र नै शौचालय गाविस खुला दिशामुक्त हुने गाविस सहायक आशाकाजी गुरुङले बताउनुभयो ।

 

विनाशकारी भूकम्पले भत्काउनु अघि पनि सुआहारा कार्यक्रमको सहयोगमा गाउँ स्वच्छता समन्वय समितिले अभियान गरेर शौचालय निर्माण अभियान चलाएको थियो । भूकम्प पछि अभियान सरु गरेर घोषणा तयारी गर्ने या् पहिले गाविस हो । १८ वटा गविस रहेको रसुवामा यस अघि टिमुरे, बृद्धिम, धुन्चे, यार्सा र गोल्जुङ गाविस खुला दिशामुक्त गाविस घोषणा भईसकेका छन् । गाविसले स्थानीय तहमा समन्वय गरेर शौचालय निर्माण अघि बढ्ने भएकोले डाडागाउँमा अभियान अघि बढेको जिल्ला खानेपानी तथ सरसफाई सव डिभिजन प्रमुख काईरालाले बताउँनुभयो ।

 

तस्वीर :  खुुला दिशामुक्त गर्ने अभियान अन्तर्गत डाडागाउँ गाविसमा शौचालय निर्माण गर्न बाँकी रहेका २ सय ८१ घर परिवारलाई प्यान , पाईप बितरण गर्न गाविस सहायकलाई हस्तान्तरण  गर्दै जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन रसुवाका प्रमुख रबिमोहन कोईराला । तस्वीर : हेमनाथ खतिवडा

Comments

comments