डिएसपी गिरीको योगदानको उच्च प्रशंसा, विदाइमा २० किलोको माला

image-0-02-07-d72968b4ccad6aaca0a56d7ed92503312c3cdd36845ee86dbfb7633063343411-V

रसुवा, असोज ८ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवामा कार्यरत प्रहरी नायव उपरिक्षक (डिएसपी) दर्शन गिरीको विदाइ गरिएको छ । विदाई कार्यक्रममा उनको योगदानको उच्च प्रशंसा गर्दै २० किलोको माला लगाई भव्यताका साथ विदाई गरिएको हो । सदरमुकाम धुन्चेमा आज आयोजित विदाई कार्यक्रमको अवसरमा सांसद् छोवाङ तेन्जिन तामाङले २० किलोको माला लगाई विदाई गर्दै उहाँले एक वर्षमा रसुवामा रही पु¥याउनु भएको कामको उच्च प्रशंसा गर्नुभएको छ । विदाई कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले डिएसपी गिरीले जिल्लामा रहँदा धेरै प्रशंसनिय काम गर्नुभएकाले उहाँको जति प्रशंसा गरेपनि कमी हुने बताउनुभयो ।

सीमा सुरक्षा गुल्म रसुवाको गुल्मपति समेत रहेका गिरीले रसुवामा रहँदा सीमा सुरक्षा, सडक बाटो निर्माण तथा मर्मत, मिनी गोसाइकुण्ड पुनर्निर्माणलगायत शान्ति सुरक्षा कायम गराउनको लागि ठूलो योगदान पु¥याएका प्रति स्थानीयले उच्च प्रशंसा गरेका छन् । विदाई कार्यक्रममा सहभागी भएका जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र स्थानीयबासीले डिएसपी गिरीको छोटो समयमा नै विदाई गर्नुपरेको प्रति दुःख लागेको बताए । गृह मन्त्रालयले गत भदौं ३१ गते गरेको निर्णयअनुसार डिएसपी गिरीलाई सीमा सुरक्षा बल रुपन्देहीमा पठाइएको छ । केही दिनमा नै डिएसपी गिरी रुपन्देही जानेछन् ।

विदाई कार्यक्रममा बोल्दै डिएसपी गिरीले भन्नुभयो, मलाई रसुवामा रहँदा बस्दा रसुवाली जनताले धेरै माया गर्नुभयो, सद्भाव राख्नुभयो, यसको म सदैव आभारी रहनेछु, देशको कर्तव्यनिष्ठ सिपाही भएकाले नाताले सरकारले पठाइएको ठाउँमा गई सेवा गर्नु मेरो पहिलो कर्तव्य हुनेछ, तर म रसुवा र रसुवाली जनताको मायालाई सदैव सम्झिरहने छ ।

                                                          विदाई कार्यक्रमको केही झलक

darshan-giri-1

Comments

comments