डिप्रोक्स लघुवित्तले दियो राहत सामग्री

102391312_554673835227169_6973982233048239448_n

कालिकास्थान, रसुवा / कोरोना भाइसर (कोभिड–१९) प्रभावितका लागि कालिका गाउँपालिकाको लागि यहाँ कार्यरत डिप्रोक्स लघुवित्तले राहत सामग्री बितरण गरेको छ ।

कालिका गाउँपालिका स्थानीय विपद व्यवस्थापन समितिका लागि २५ हजार रुपियाँ बरावरको राहत सामग्री गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारीलाई डिप्रोक्स लघुबित्त कालिकास्थान शाखा प्रमुख बिनोद खतिवडाले हस्तान्तरण गरेका हुन् ।102596771_180103380091853_643903807508686575_n

संस्थाले स्थानीय तहलाई कोरोना भाइसर (कोभिड–१९) को विपदको समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत राहत सामग्री हस्तान्तरण गरिएको शाखा प्रमुख खतिवडाले बताए । साे अवसरमा गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्याैपाने, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अधिकारी डिप्रोक्स लघुवित्तका कर्मचारीहरू सहभागी थिए ।

Comments

comments