ढाका बुनाइ तालिम सम्पन्न

Dhaka talim (3)

रसुवा , सीप सिकौं स्वरोजगार बनौं भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा तीन महिने ढाका बुनाई तालिम भूमिघर कालिकास्थनमा सम्पन्न भयो ।Dhaka talim (4)


प्रबिधि हस्तान्तरण तथा तालिम समापन कार्यक्रममा कालिका गाउँ पालिका अध्यक्ष सीता अधिकारी , प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठ, जिल्ला शिक्षा कार्यालयका स्रोत ब्यक्ति बासुदेव लामिछाने, घरेलु तथा साना उद्योग जिल्ला शाखाका बरिष्ठ उद्योग अधिकृत खगेन्द्र नेपालले मन्तव्य दिनुभएको थियो । १० जना महिला सहागी तालिममा ढाकाको टोपी, खादा, रुमाल, सल, कुर्ता, पछ्यौरा, चौबन्दी, ब्लाउजलगायतका सामग्री तयार गर्न सक्ने भएको सहभागी खिलकुमारी न्यौपानेले बताउनुभयो ।
dhaka

Comments

comments