तातोपानी विकासका लागि जुट्दै स्थानीय

IMG_20170303_080135

सुर्य थोक्रा
रसुवा । पर्यटन प्रर्वदनका लागि स्थानीयवासी जुटेका थालेका छन् । भूकम्प अघि तातोपानीको मुहानमा पानी सुकेर अन्यत्र निस्केपछि उनीहरु संरक्षणा लागि जुटेका हुन् ।

बैशाख १२ गतेको भूकम्प पछि चिलिमे ५ मा रहेको ठूलो तातोपानीको मुलबाट पानी एक्कासी सुकेर चिलिमे गाविस वडा नं.३ मा पानी बढेको हो । पहिले पनि त्यहाँ सानो तातोपानीको मुल थियो । पानी स्थानीयले बढेपछि त्यहाँ २ वटा पोखरी निर्माण गरेका छन् ।

भूकम्प पछि तातोपानी मुल बढेपछि हामीले स्थानीय साङजेन जलविद्युत कम्पनीको सहयोगमा नेपाली सेना तथा स्थानीय छुटेर पोखरी निर्माण तथा तारजाली लगाउने कार्य गरेको ब्रागो तातोपानी संरक्षण समितिका अध्यक्ष कामी तामाङले बताउँनुभयो । भूकम्प पछि टेताङचे गाउँका एक जना बृद्धले पानीबाट बाफ आएको देखे पछि खबर गरे त्यहाँ बाटो तयार गरी गाउँलेहरु हेर्न पुगेका थिए । ०७३ मंसिर ३ गते समिति गठन गरिएको उहाँले बताउँनुभयो ।

दायावाया पहिरोले क्षति पुगेको स्थानमा संरक्षण गर्नु पर्ने , नदि कटान रोक्न बाँध बाध्नु पर्ने , शौचालय , नुहाएपछि कपडा फेर्ने स्थान निर्माण गर्न फोहोर व्यवस्थापन जस्ता कामहरु प्राथमिकतामा राखेर गर्न लागेको समितिक सचिव सोनामदोर्जे तामाङले बताउँनुभयो । महिला र पुरुष छुट्टै नुहाउने पोखरी र धारा निर्माण भएको छ अब प्रचार प्रसारको काम गन सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने उहाँले बताउँनुभयो ।
एकातिर नदि र अर्कोतर्फ भिरालो जमिन भएकोले पानीको मुल तथा जमिन संरक्षण गरी नजिकैसम्म सडक जोड्न सके तातोपानीले पर्यटन प्रर्वद्धन गर्न सक्ने चिलिमे गाविस १ का महिला समाजसेवी सुजिता तामाङले बताउँनुभयो । स्थानीय गाविस, जिविस सुरक्षा निकायमा समेत सन्वय गरी यस क्षेत्रको विकासमा अघि बढन आवश्यक रहेको उहाँले बताउँनुभयो ।

स्वास्थ्य तथा पर्यटकीय दृष्टिले तातोपानीा नुहाउनु लाभदायक मानिन्छ । तातोपानी रसुवा जिल्ला सदरमुकाम धुन्चेबाट पाँच कोष उत्तरमा पर्छ । राजधानीबाट यहाँ पुग्न ६ घण्डा लाग्दछ । अहिले रोङगाखोलाबाट सिधै चिलिमे जाने छोटोबाटो खुले पछि छोटोबाटो भएको छ । अत्यन्त रमणीय धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान ओगटेको, प्राकृतिक रूपमा उत्पन्न तातोपानी मार्गबाट गोल्जुङ, गत्लाङ, थुमन, बृद्धिम गाविसका मानिसहरुका आउने एक केन्द्र पनि हो चिलिमे । साङजेन् पाल्दोरपीक जस्ता रमणीय हिमश्रृङ्खला देख्न सकिन्छ । चिलिमे, साङजेन जल विद्युत आयोजना पनि यहा पर्दछ । स्याफ्रुबेंसी बजारबाट नागबेली परेको सडक सुन्दर तामाङ बस्ती थाम्बुचेत गाउँबाट तीन घण्टा पैदल मार्गमा यात्रा पछि तातोपानी कुण्ड पुग्न सकिन्छ ।

तातोपानीमा स्नान् गर्नाले स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिन्छ । तातोपानीको पोखरी (कुण्ड) मा ३ दिनसम्म डुबुल्की मारेर नियमित नुहाउँदा छालामा घाउ खटिरा आउने , पेटका रोगहरू निको हुने तथा हाडजोर्नी, ढाड दुख्ने समस्या निकोहुने जनविश्वास रहेको छ । तातोपानीमा नुहाँउदै गर्दा भेटिएका तनहुँ दमौलीका हरिप्रसाद आचार्य आफ्नो ग्याष्ट्रिकको समस्या निको भएको बताउनुभयो । अर्का यात्री नुवाकोटका मुक्तिनाथ आचार्य स्वास्थ्य लाभका लागि तातोपानीको कुण्डमा नुहाँउदै आफ्नो बाथरोग निको हुने बताउँनुभयो ।

धार्मिक , पर्यटकीय र स्वास्थ्यका हिसाबले अत्यन्तै महत्वपूर्ण स्थान ओगटेको तातोपानीको संरक्षण र विकासका लागि सबैले लाग्नु पर्ने स्थानीय बासिन्दा बताउँछन् । यस क्षेत्रलाई सुविधा सम्पन्न पर्यटकीय गन्तव्य स्थलको निर्माण गरिनुपर्ने माग स्थानीय बासिन्दाले गरेका छन् । यहाँको तातोपानी अन्यत्रको भन्दा भिन्न र लाभदायक स्वास्थ्योपचार, मनोरञ्जन तथा पर्यटकीय रूपमा परीचित छ ।

पर्यटकीय क्षेत्रका रुपमा चिनिएको तातापानी एक ठाउँमा सुकेपनि नयाँ स्थानमा निस्केको र त्यसको संरक्षण गरी गन्तव्य बन्न सके सिङ्गो जिल्लाको पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने र यस क्षेत्रको प्रचार प्रसार गरी व्यवस्थित गर्न सबैको ध्यान जानु पर्ने बासिन्दाको माग छ ।

तस्वीर : तातोपानीमा नुहाँउदै आन्तरिक पर्यटक तस्वीर हेमनाथ खतिवडा रसुवा

Comments

comments