तिब्बतका जनसरकार प्रमुख चे दला पाँच दिने नेपाल भ्रमणमा

Kerung China

चीनको स्वशासित क्षेत्र तिब्बतका जनसरकार प्रमुख चे दला  पाँच दिने नेपाल भ्रमणका लागि सोमबार रसुवा आएका छन् । चिनियाँ लगानीमा बन्न लागेका तथा बनिरहेका आयोजनाको अवलोकनका लागि १६ सदस्यीय टोली सहित उनी नेपाल आएका हुन् ।

सोमबार रसुवागढी नाका हुँदै नेपाल आएको टोलीले चिनियाँ लगानीमा बनिरहेका तथा बन्न लागेका पूर्वाधारहरूको अवलोकन गरेको छ । टोलीले रसुवागढी नाका, सुख्खा बन्दरगाह, स्याफ्रु–रसुवागढी सडक र विद्यालयको अवलोकन गरेको छ । चिनियाँ लगानीमा कोमिन स्यामेवाङफेल माविमा स्थापना भएको पुस्तकालय र साइन्स ल्यावको अवलोकन गरेको छ ।

चिनियाँ राष्ट्रपति सि जिनफिङको नेपाल भ्रमणका क्रममा भएका सम्झौताको बारेमा टोलीले थप जानकारी लिने छ । रसुवागढीदेखि पोखरासम्म चिनियाँ लगानीमा बन्ने आयोजनाको अवलोकन गर्ने टोलीले जानकारी दिएको छ ।

रसुवा सहित पोखरा, चितवन, काठमाडौंमा रहेका विभिन्न आयोजनाको अवलोकन गर्ने कार्ययोजना छ ।

Comments

comments