तिमी सङ्गै गए

Kanji Vai

तिमी गयौ त पो गए
जुनकिरीका राकाहरु
सङ्ख्ख फुक्दै ।

डाडाँमाथि मुस्कुराई रहेको घाम
यादहरु बोकेर छरपष्ट हिडेको बादल

कस्सेरिको बोडारको कलकलाउदो पानी
र हाम्रो सपना
तिमी सङ्गै गए ।

तिमी थियौ र त थियो ।
बेस्सरी भिजेको छ आसुले

तिमीले पठाएको पहिलो प्रेमपत्र
गलेको छ सपना
अनि चिसो भएको छ नाडी
र चल्न छोडेको छ ढुकढुकी ।

खोई ?
तिमीले र मैले बुनेको सपनाको घर

खोई?
तिमी र मैले तय गरेको यात्रा

खोइ?
खोई ?
तिमी र मैले बोकेको भारी

सबै
फुकाएर
बिरायर
बिसाएर गयौ ।

मेरो आखाको नानिमा बुनेको सपना
मेरो मुटुको गहिराइमा बनाएको सानो प्रेमिल घर
मेरो ओठको भित्ता भित्तामा मुस्कुराइ रहेको प्रेम

तिमी गयौ
र पो गय
तिमी सङ्गै गए ।

 

सुबिन न्यौपाने ( कान्जिभाई)
भोर्ले– ७ बडहरे, रसुवा

Comments

comments