तिहारको गीत ‘सात प्रदेश’ सार्वजनिक (भिडियाे सहित)

AIA.JPEG

सामाजिक विषयको शिक्षण सामग्री समेटिएको तिहारको गीत ‘सात प्रदेश’ सार्वजनिक भएको छ । यसअघि ह्रस्व दीर्घ सिकाउने तिजको गीत सार्वजनिक गरेर चर्चा पाएको काठमाडौँको अवेरनेश इन्टरनेसनल एकेडेमी एआईएले दोस्रो गीत सार्वजनिक गरेको हो ।

गीतमा परम्परागत तिहार संस्कृति जोडेर सातै प्रदेशको भोषभूषा, विकास , सामाजिक अवस्थाको चित्रण कलात्मक ढंगले व्याख्या गरिएको छ । याे सामग्री  शिक्षक, विद्यार्थी, अनेक आयोगका परीक्षार्थी र स्वदेश तथा विदेशमा रहेका राष्ट्रप्रेमीलाई उपयोगी हुने विस्वास गरिएको छ । बिमल घिमिरे, खगेश्वर गिरी र कृष्णप्रसाद गैरेले यो गीतको सिर्जना गरेका हुन् ।

गीतमा देशको राजनीतिक तथा प्रशासनिक विभाजन, भौगोलिक अवस्था, विभिन्न प्रदेशको नाम, केन्द्र, मुख्यमन्त्री, धार्मिक केन्द्र, त्यहाँका मुख्य पेशा, पर्यटकीय क्षेत्र, जनजातिलगायतका जानकारी प्रस्तुत गरिएको छ ।

भिडियाे Tihar Song – AIA School Deusi Bhailo Song 2075 | Social Studies Materials | 7 Provinces of Nepal

Comments

comments