ति सुनकोशीको छालहरु

saraswati

सरस्वती लामिछाने

कति छौं शालिन वेगहरु
टिलपिल टिलपिल गरिरहेका निला निला ति चाउरी परेका छालहरु
यही छालसँगै कति छन्, तिम्रा टिलपिलावटका रागहरु ।

तिमी सुन्दर स्वच्छ र पवित्रताले भरिएकी
देशको अनवरत सेतो सुनमा कहलिएकी
सुनकोसी तिमी आफैंमा देशको महिमाले भरिएकी सफा र
हराभरा बनाई बगिरहेकी तिम्रो अपार महिमा देख्दा म आफैं चकित छु ।

दोलालघाटको किनारमा मनोरम हरियाली पहाडको फेदीमा
तिम्रो ति निलानिला छालले मेरो मन चुलबुल पारिरहेकी
तिमी सुनकोशी आऊ तिम्रो पुरानो रुप र भेष बदल तिम्रो
पुरानै बेगमा र निरन्तर निशंकोच आफ्नै गन्तव्यमा बगिरहुँ ।

तिम्रो लाखौं लाखको यात्राको बेगमा कहिले कस्ती डरलाग्दी
धमिलो पानीको बेगमा कहिले कञ्चन निलो पानीको बेगमा
त कहिले निला निला पानीको भेगसँगै नागबेलीका
रुपमा तिम्रो हरेक मोडको जुधाइमा तिम्रो साथसाथै मैले
चिह्याइ चिह्याई हेरिरहे त्यहीँ पुलबाट र भने सुनकोशी तिम्रो सुन्दरताले
म मोहीत छु ।

तिम्रो त्यो सुन्दरताको खै कसरी वर्णन गरौं ।
सुनकोशी तिमीले छाडेका अमुल्य पत्थहरु
तिम्रो बगरमा फुलिरहेका फूलहरु मेरो नाकले गन्ध लिइराखेको छ र
तिम्रो टिलपिलावटका छालले मेरो अर्धचेतनमा गडबडावडको
प्रतिध्वनी दिइरोखको छ
हो साच्चै दिइराखेको छ ।।

Comments

comments