तीन खानेपानी आयोजनाको पुन निर्माण

khanepani

सरस्वती न्याैपाने

रसुवा, रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका तीन खानेपानी आयोजनाको पुन निर्माण सम्पन्न भएका पछि लामाे समय हिँडेर पानी ल्याउनुपर्ने बाध्यता हटेकाे छ ।

२०७२ सालको भूकम्पबाट ध्वस्त भएका ति आयोजना ६५ लाख ९८ हजार ३ सय रुपैयाँमा पुननिर्माण भएका हुन । आयोजनाको पुन निर्माणसँगै स्थानीयबासी सफा र स्वस्च्छ खानेपानी प्याज पाउने भएपछि हर्षित भएका छन् । भूकम्पले आयोजनामा क्षति गरेपछि आधा घण्टासम्म हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा थियाे । अहिले त्यो समस्या हटेको पक्युङ देउरालीडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर ग्याबाले बताए ।

‘भूकम्प गएपछि खानीपानीको समस्या आएको हो’, उनले भने, ‘अहिले यसको समाधान भइसकेको छ ।’ आयोजनामा क्षति पुगेपछि पानी नियमित आउन छाडेको थियो । अहिले गाउँमा एक घर एक धारा निर्माण गरिएको छ । भूकम्पका कारण क्षति भएको आयोजना पुनर्निर्माण गरेर घरघरमा पानी पु¥याएसँगै स्थानीयलाई सहज भएको छ । मानेकार सोसाइटी नेपालले आयोजनाको पुनर्निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

Comments

comments