तीन घर जलेर नष्ट

aagalagi

बैशाख २२ गते । रसुवाको नौकुण्ड गाउँपालिका–६ सस्र्युमा विद्युत सर्ट भएर आगलागि हुँदा तीन घर जलेर नष्ट भएको छ ।

आगोले लाक्पा लामा, रालब लामा र मिङमार दोर्जे तितुङको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । तीनै जना एकै परिवारका सदस्य हुन् । एक्कासी विद्युत सर्ट भएर लागेको अागाे  निभाउन कठीन भएकाे िथयाे ।
शुक्रबार साँझ भएको आगलागिबाट घर र भित्रका समान जलेर नष्ट भएकाे तर  मानवीय क्षति नभएको प्रहरी नायव उपरिक्षक सरत्कुमार थापा क्षेत्रीले बताउनुभयाे । आगलागि भएको खबर पाउनासाथ तत्काल  इलाका प्रहरी कार्यालय कालिकास्थानबाट प्रहरी घटनास्थलतर्फ गएर उद्दार रहेको प्रहरी नायब उपरिक्षक थापा क्षेत्रीले बताउनुभयाे ।

Comments

comments