उहाँका अनुसार कुल २४ टिमको सहभागिता रहेको प्रतियोगिता एक सभाकावीच प्रमुख अतिथी अर्थशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुखले प्रा. डा. कुशुम शाक्यले ०७६ असार १५ गते बिहान १० बजे कार्यक्रमकाे उद्घाटन गर्नुभयाे । प्रतियोगितामा विजेता टिमहरूलाइ नगद पुरस्कारका साथै ट्रफी तथा प्रमाण-पत्र प्रदान गरिने आयोजक कमिटीका अर्का सदस्य अरुण सुबेदीले जानकारी दिनुभयो।
त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा आजदेखि अन्तरविभागीय फुटसल प्रतियोगिता सुरु भएको छ। फुटसल प्रतियोगिता नेपाल बैंकको प्रायोजन र नेपाल अर्थशास्त्र विद्यार्थी संघको आयोजना, त्रिवि केन्द्रीय क्याम्पस प्रधानाध्यापक तथा CEDECON को सयुक्त आयोजनामा चलिरहेको छ।
प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बाेधन गर्दै अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा. शाक्यले शैक्षिक क्षेत्रसँगसँगै खेलकुदको माध्यमद्वारा त्रिवि केन्द्रीय बिभाग हरुमा अध्ययन गर्ने विद्यार्थीहरूको स्तर उन्नती र समग्र क्षमता अभवृद्धिमा टेवा पुर्याउन आफू सधैं तयार रहेको र पुरुष सँगसँगै महिलालाई पनि यस्ता कार्यक्रम हरुमा सहभागी गराई देशको समग्र विकासमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने कुरामा जोड्दिनु भयाे । समारोहलाई सम्बोधन गर्दै ECOSS का अध्यक्ष प्रकाश नेपालले खेलकुदका माध्यमद्वारा त्रिभूवन विश्वविद्धालय भित्र रहेका विद्यार्थीहरू र केन्द्रिय बिभागहरूवीच आपसी सहकार्यता र समन्वयता बढाइ शैक्षिक तथा अन्य सामाजिक कार्यक्रमहरू सम्पन्न गरिनुपर्ने र सो को लागि आफू सधै तयार रहेको बताउनुभयो ।
Related Posts
- युवा नेतृत्व विकास तालिम सम्पन्न
- अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड कालिका माविलाइ
- पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग छलफल
- भूकम्प पीडित रसुवाका विद्यार्थीलाई युनिट्राभले बाँड्यो शैक्षिक सामाग्री
- दोस्रो अकिआस फुटसल कपको उपाधि कालिकालाइ
- उत्तरगया धर्मिक क्षेत्रकाे विकासका लागि भारतिय अधिकार भेटघाट