दमका समस्या भएका एकसय थपिए

रसुवामा सयजना दमको समस्या भएका विरामी थपिएका छन् । जिल्लामा पहिलोपटक सञ्चालन गरिएको दमरोग स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये सयजना नयाँ भेटिएका हन् । जिल्ला अस्पतालले सञ्चालन गरेको शिविरमा दुई सय ६१ जनाले सेवा लिएका छन् । जाँच गरिएकामध्ये दम र सीओपीडीका बिरामी बढी देखिएका छन् । शिविरमा जिल्लाको पाँचवटै गाउँपालिकाका बिरामी आएका थिए । शिविरमा ह्याम्स अस्पतालका वरिष्ठ दमरोग विशेषज्ञ डा. राजु पँगेनीले स्माइरोमिटर र बेदोमिटरबाट फोक्सोको निःशुल्क जाँच गरेका थिए । जिल्लामा दमरोगीको अवस्था पत्ता लगाउन र यसको उपचार गर्न शिविर सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कइँकेलले बताए । रसुवामा दमरोगीको सङ्ख्या बढेको पाइएपछि शिविरको आयोजना गरेका जिल्ला अस्पताल रसवाले जनाएको छ ।

Comments

comments