दशैकाे अवसरमा शिलाेक र दुवा दाेहाेरी

IMG_20181015_121559

जिवजिवे रसुवा

परम्परागत लाेक संस्कृति ,सांस्कृतिक गीत, नृत्यहरू नयाँ पुस्तालाई हस्तान्तरण गरी जर्गेना गर्न स्थानीयवासीले पुरानो संस्कृतिको प्रतिस्पर्धा गराएका छन् ।

परम्परागत लाेक संस्कृति, सांस्कृतिक गीत, नृत्यहरू लाेप हुन लागेपछि स्थानीयले जगेर्ना गर्न लागेका हुन् । यस अघिका बालुन, भजन ,ठूवा , शिलाेक जस्ता बिभिन्न खालका परम्पराहरूको जगेर्नाका लागि  रसुवाकाे कालिका गाउँपािलका ५ जिबजिबेस्थित नीलकण्ठ महादेव मन्दिर संरक्षण समितिले दुवा दोहोरी तथा श्लोक प्रतियोगिताको आयोजना गरेकाे हाे । आफैंले सिर्जना गरेका र विभिन्न पौराणिक ग्रन्थका श्लोक तथा घाँसे वा काँठे गीत गाएर प्रतियोगीहरूले मनोरञ्जन समेत् गरे ।

परम्परागत बिबाह, मेलापात, पूजाआजा, रत्यौली र मेलापात , वनपाखामा गाइने परम्परागत दोहोरी वा ठुवा गीतहरू अहिले लोप भइरहेको छ । केही दशक अघिसम्म दोहोरी गाउँदा गाउँदै जित्ने केटा पक्षले केटीलाई विवाह गरेर लैजाने चलन रहेको पनि बुढापाकाहरू बताउँछन् ।
दुबै विषयका प्रतियोगीहरूलाई पुरस्कार पनि वितरण गरिएको बताइएको छ । प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइएको आयोजकले बताएको छ । प्रतियोगीहरूलाई दिइएको पुरस्कारको राशी ६ हजार रूपैयाँ स्थानीय नर्थपोल बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णबहादुर तामाङले उपलब्ध गराएका हुन् ।  कार्यक्रममा स्थानीय रत्नप्रसाद पाैडेलले स्वागत गरे।  स्थानीय शाधुराम पाैडेल, टिका देवकाेटाले अाफ्नाे धारणा राखेका थिए ।

५ समुहले भाग लिएकाे शिलाेक प्रतियाेगितमा कािलका -३ का भूमिनन्द न्याैपाने र पदमप्रसाद पाैडेलकाे टिम प्रथम भए भने पुष्पराज देवकाेटा र  शिवदत्त लामिछानेले दाेस्राे भए । ५ वटा समुहले भाग लिएकाे दुवा दाेहाेरीमा स्याेरानी तामाङ र पञ्चमाया तामाङ प्रथम र चित्रकुमारी पाैडेल र कमला पाैडेलले दास्राे भएका  थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल, जिल्ला समन्वय समितिका सदस्य अर्जुनप्रसाद पौडेल, कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेलगातका अतिथिहरूको उपस्थिति रहेको थियो । दशैका अवसरमा कालिका गाउँपालिका ३ मा फुटवल र वडा न‌ ४ रुप्सेपानीमा भलिवल प्रतियाेगिता भएकाे छ ।

Comments

comments