दश  दिनभित्र भूकम्प पीडितको हातमा १० हजार पुर्‍याउने सरकारको निर्णय

Pmo-Office

Pmo-Office१७ पुस, काठमाडौं । सरकारले न्यायो कपडा किन्न दिने भनिएको १० हजार रुपैयाँ १० दिनभित्र पीडितको हातमा पुर्‍याउने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्व घोषणा अनुसारको १० हजार १० दिनभित्र पीडितको हातमा पुर्‍याउन गृह र स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई गरेको पहिलो सम्बोधनमा भूकम्प पीडितलाई न्यायो कपडा किन्न प्रति परिवार १० हजार दिने घोषणा गरिएको थियो । तर, आधा जाडो गइसक्दा पनि पीडितले रकम पाएका छैनन् ।

बैठकले चीनका लागि नेपाली राजदूत महेश मास्केको कार्यकाल चार महिना थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमण नहुँदासम्म राजदूतको कार्यकाल थप गरिएको हो’ एक मन्त्रीले भने ।

Comments

comments