दश बालबालिका शिघ्र कुपोशित

Rasuwa Health langtangnewsRasuwa Health langtangnews

रसुवा । विनाशकारी भूकम्प पछि जिल्लाका दश जना बालबालिकाहरु कडा तथा शिघ्र कुपोशित अवस्थामा रहेका छन् ।

युनिसेफ तथा एक्सन अगेन्सष्ट हङगरको प्राबिधीक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय रसुवाद्धारा आयोजित पत्रकार अन्तत्र्रिmया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका पोषण अधिकृत नबराज न्यौपानेले भूकम्प पछि रसुवाका बिभिन्न गाउँमा कडा शिघ्र कुपोशित बालबालिकाहरु १ सय २ जना भेटिएको र उनीहरुको उपचार भएको बताउनुभयो । अझै जिल्लामा दश जना त्यस्ता बालबालिका स्वास्थ्यकर्मीहरुको निगरानीमा उपचाररत रहेको उहाँले बताउनुभयो ।

मध्यम शिघ्र कुपोशित ५ सय १७ जना र गर्भवर्ती तथा सुत्केरी शिघ्र कुपोशित ४ सय ५७ जना भेटिएका थिए । कुपोषण एक प्रकारको बिरामी पनि भएकोले त्यसको उपचार गर्नु पर्ने न्यौपानेले बताउनुभयो । प्राकृतिक प्रकोपको समयमा न्यून पोषणका कारण झनै प्रकोपमा पर्न सक्ने भएकोले पोषणको विषयलाई संबेदनशिल रुपमा लिईनुपर्ने जिल्ला स्वास्थ्य कार्यालका स्वास्थ्य तथा शिक्षा अधिकृत शिब बडालले बताउनुभयो । कार्यक्रममा युनिसेफका स्वास्थ्य अधिकृत रबि भित्रकोटी, एक्सन अगेन्सष्ट हङगरका (एसिएफ) बरिष्ट कार्यक्रम अधिकृत शैलेन्द्र बिष्ट, पत्रकार ज्ञानेन्द्र न्यौपाने, प्रेम पौडेल, दिपक लामा लगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

 

Comments

comments