कालिकास्थान, गुणस्तरिय शिक्षा र स्वास्थ्य जीवनका लागि खेलकुद भन्ने नाराका साथ कालिका गाउँपालिकाको आयोजनामा अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कालिका गाउँपालिका स्तरिय दाेस्राे कालिका राष्टपति रनिङ शिल्ड कालिका माविले हात परेकाे छ । फागुन १ देखि ४ गतेसम्म चलेकाे बिभिन्न खेलमा विजयी टिमलाइ पुरस्कार बितरण भयाे । कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्यहरू गाउँपालिका परिवार सहभागी थिए । फागुन १ गतेबाट सुरु भएको अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सामाजिक विकास मन्त्री युवराज दुलालकाे प्रमुख अातिथ्यमा सम्पन्न भयाे ।
अन्तर विद्यालय स्तरीय दोस्रो कालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रममा ९ अाेटा विद्यालयको विद्यार्थी सहभागी थिए । ७ अाेटा सामुदायिक विद्यालय, २ अाेटा निजी रहेका थिए । कार्यक्रममा सहभागि हुने विद्यार्थी खाना र बसाइको व्यवस्था कालिका गाउँपालिकाले गरेको थियो । हाइजम्प , लङजम्प, रिलेलगायत विभिन्न प्रकारका खेलहरु भएका थिए । भलिवलमा कालिका हिमालय माध्यामिक विद्यालय प्रथम, निलकण्ठ माध्यामिक विद्यालय द्धितीय र सेतीभूमे माध्यामिक विद्यालय तृतीय स्थान हाँसिल गरेका छन् ।
Related Posts
- युवा नेतृत्व विकास तालिम सम्पन्न
- त्रिवि केन्द्रीय क्याम्पसमा अन्तरविभागीय फुटसल सुरू
- पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसँग छलफल
- भूकम्प पीडित रसुवाका विद्यार्थीलाई युनिट्राभले बाँड्यो शैक्षिक सामाग्री
- जिल्ला समन्वय समितिमा नागरिक बडापत्र
- समन्वय नगरी प्राधिकरणले काम अघि बढायाे , स्थानीय अाक्राेस