रसुवाकाे कालिका गाउँपालिका- ३ की दीपा न्याैपानेकाे उपन्यास ‘ शशीकला ’ को राजधानीको प्रज्ञा भवन कमलादीमा एक कार्यक्रमका बीच लोकार्पण भयाे ।
उपन्यास लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि प्रा.डा.गार्गी शर्माले साहित्य सिर्जना गर्दा अरु कसैको नक्कल गर्न नहुने धाराणा व्यक्त गर्नुभयाे । प्राध्यापक डा. शर्माले भन्नुभयाे ‘ साहित्य अरुको जस्तो वा उसको जस्तो होइन आफ्नै जस्तो हुनुपर्छ ।’ शशीकला उपन्यासमा समाजको प्रस्तुतिकरण भएको पाएको डा. शर्माले साहित्यको स्रोत वा यसको कच्चा पदार्थ भनेको मानव समाज नै भएको विचार व्यक्त गर्नुभयाे ।
उपन्यास लोकार्पण कार्यक्रममा बोल्दै समिक्षक डा.कौसिला रिसालले सामाजिक मनोविष्लेशणात्मक उपन्यास शशीकलामा उपन्यासकारको उच्च कल्पनाशीलता प्रदर्शन् भएको बताउनुभयाे । उपन्यासमा साहसी र बलियो महिला पात्रले महिला सशक्तिकरणको सन्देस मात्रै नदिएर युवा युवतीको माया प्रेमका साथै सामाजिक सेवा भाव समेत देखाइएको हुनाले उपन्यास उत्कृष्ट रहेको विचार डा.रिसालले बताउनुभयाे । वर्गीय विभेदको अन्त्य हुनुपर्छ भन्ने समेत देखाइएको सो उपन्यासलाई वियोगान्त र दुःखान्तका रुपमा टुङ्ग्याउन सक्नु उपन्यासकारको चलाखी भएको उहाँले बताउनुभयाे । कार्यक्रममा बोल्दै उक्त उपन्यासको भाषा सम्पादक समेत रहेकी डा. कौशिला रिसालले सानै उमेरकी दिपाले लेखेको उपन्यासमा मुलतः जातीय ,प्रेम प्रसङ्गलाई कोट्याउन खोजिएको बताइन् । डा. रिसालले शशीकला उपन्यास सामाजिक कथा बस्तुमा रहेको भन्दै उपन्यासकार दिपा न्यौपानेको सफलताको कामना समेत गर्नुभयाे । अर्का बक्ता रसुवाली कबिले उपन्यासले बजारको सिन्डिकेट तोड्ने बताउदै दिपा न्यौपाने एक उदाहरण बन्न सक्ने दावी गर्नुभयाे ।
कार्यक्रममा उपन्यासको समीक्षा गर्दै समीक्षक केदार पनेरुले उपन्यास खदिलो रहेको बताउनुभयाे । कार्यक्रममा नेपाली साहित्यमा आफ्नो पहिलो सिर्जनाको रुपमा उपन्यास ल्याएकोमा उपन्यासकार न्यौपानेलाई बागमती प्रदेश सभाका सदस्य प्रेम तामाङ, साहित्यकारहरु सुरेश कुमार भट्ट, डा. सत्यराज थपलिया, वसन्त भट्ट, बौद्ध धर्मगुरु सूर्य बज्रयाना, चलचित्र निर्देशक घनश्याम तिमिल्सिना ‘एण्टेना’, नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेल, साहित्कार रसुवाली कवि, पत्रकार साहस न्यौपानेलगायतले शुभकामना दिएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको लेखनाथ प्रवचन हलमा सम्पन्न भएको कार्यक्रममा नवोदित उपन्यासकार दीपा न्यौपानेले उपन्यासको रचनादेखि प्रकाशन हुँदै लोकार्पणसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् । लोकार्पण कार्यक्रम उपन्यासका प्रकाशक रहेका दिनेश न्यौपानेको अध्यक्षतामा भएको थियो । लोकार्पण कार्यक्रमलाई तारा केसीले सञ्चालन तथा निसा सापकोटाले स्वागत मन्तव्य मार्फत् स्वागत गर्नुभएकाे थियाे ।
Related Posts
- नियात्राकार पराजुलीको “श्वेत पर्वत” लोकार्पित
- ‘तिमी र म घुम्न जाउँ’ भन्दै नायक नबराज श्रेष्ठ र गायिका ईशा कार्की (भिडियोसहित)
- डिसहोम बाह्रखरी कथा २०७८ ‘अन्तिम अतिथि’ कथाले पायो एकलाख पुरस्कार,‘बुढो घर’ दोस्रो र ‘मुडुली’ तेस्रो(तस्वीर सहित)
- पदमको तमसुक भेटेपछि
- कोरोना तिमी खतरनाक छौ
- स्थलगत चित्रकला गर्दै ‘रसुवा कला यात्रा’ सुरु