दीर्घरोगीलाई घरघरमा नि:शुल्क औषधि वितरण

95631284_1973807432763077_295456568432918528_n

रसुवा,  गोसाँईकुण्ड गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका ६ वटा वडाहरूमा दीर्घरोगीलाई घरघरमा नि:शुल्क औषधि वितरण  सुरू गरेको छ।

पहिलो चरणमा गाउँपालिका भित्र रहेका सबै दीर्घरोगीलाई घरहरूमा गएर बिरामीले प्रयोग गर्ने औषधिको तथ्यांक लिएको थियो । ६ वटा वडाका करिव चार सय पचहत्तर जना दीर्घरोगीहरू रहेको र उनीहरूलाई वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमार्फत औषधि पुराईने छ ।

नियमित औषधि सेवन गरिरहेकालाइ लक्षित गरी गोसाईकुण्ड गाउँपालिकाले लकडाउनको समयमा दीर्घरोगीलाई औषधि खरिद गर्न समस्या हुने र औषधि समेत नपाईने भएकाले घर-घरमा औषधि पुर्याउन लागिएको बताइएको छ । यस कार्यबाट उच्च रक्तचाप, मधुमेह, मृगौलाको समस्यालगायत अन्य स्वास्थ्य समस्या भएका चार सय पचहत्तर जना लाभान्वित हुने भएका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनुभयाे । औषधि अभावले काठमाण्डाै धाउनु पर्ने अवस्थामा घरमै औषधि पाएपछि स्थानीय खुशी भएका छन् ।

Comments

comments