यात्रुबाहक बस दुर्घटना

12189007_911671158915974_1606893709956232349_n

१७ कात्तिक । राजधानीदेखि रसुवाको सदरमुकामतर्फ गइरहेको बा ३ ख ५७०६ नम्बरको यात्रुबाहक बस राम्चे गाविस– ३ ग्राङमा आज दिउसो दुर्घटना भएको छ । पासाङल्यामु यातायातको उक्त बस राजधानी काठमाडौंदेखि रसुवाको चिलिमेतर्फ ४५ यात्रु बोकेर गइरहेको थियो कालिकास्थान प्रहरी चौकीले जनाएको छ । बस ग्राङ पहिरोनेर दुर्घटना भएको हो । बस सडकदेखि करिव २०० मिटर तल पुगेको छ ।

३० जना घाइते यात्रुहरुलाई उपचारको लागि नुवाकोट अस्पताल तथा राजधानी काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जानकारी दिए । केही घाइतेहरुको सदरमुकाम धुन्चे स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

१२ जनाभन्दा बढीको मृत्यु भएको जनाइएको छ । नेपाली सेना, नेपा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार कार्य गरिरहेका छन् ।

Comments

comments