दुइ दिनपछि नौकुण्ड गाउँपालिकाको काम सुचारू

Naukunda (1)

रसुवा, ०७६ असार २६ गते । नौकुण्ड गाउँपालिका रसुवामा कार्यरत वडा सचिव  राजु श्रेष्ठलाई स्थानीय दुई युवाले कुटपीट गरी मार्ने धम्की दिएको घटनाका कारण बन्द रहेको नौकुण्ड गाउँपालिकाले २ दिनपछि काम सुचारु गरेको छ ।
नौकुण्ड गाउँपालिका ३ का  गणेशमान घले र सूर्यराना तामाङले ०७६ असार २३ गते साँझ ६ः३० बजे श्रेष्ठलाई वडा कार्यालय परिसरमा आक्रमण गरी घाईते परेका घटनालाई लिएर कार्यालयको काम ठप्प पारेर सदरमुकाम पुगेका थिए ।

घटनाका आरोपिलाई प्रहरीले गिरफ्तार गरी जनताको काम सुचारु गर्न पठाएको निमित्त प्रमुख जिल्ला अधिकारी सपना कुमारी भट्टलाईले बताउनुभयो । २५ गते सदरमुकामबाट फर्केर बिहीबारबाट कार्यालय खुलेको हो ।  श्रेष्ठलाई अपशब्दले गाली गरेर मार्ने धम्की दिएका थिएको कर्मचारीमाथि धम्की दिने घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याएर कारबाही माग गर्दै सुरक्षाको प्रत्यभूति नभएसम्म भन्दै प्रशासनिक २४ गतेदेखि काम ठप्प पारेको नौकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापाले एक बिज्ञप्तीमार्फत जानकारी दिएका थिए । असार अन्तको समयमा धेरै काम प्रभावित भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । अधिकृत थापाले भने कार्यालय बन्द गरेर हिंडेको नभई जिल्ला प्रहरी कार्यालयले बयानका लागि बोलाएकोले गएको कार्यालयमा सेवा सुचारु भएको बताए ।

Comments

comments