दुई पसलमा आगलागी

रसुवा, कालिका गाउापालिका ५ का दुईवटा पसलमा आगलागी हुँदा २१ लाख मूल्य बराबरको क्षति भएको छ । जिवजिवे स्थित अर्जुनप्रसाद पौडेलको स्टेसनरी र साबित्री देवकोटाको फेन्सी पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गएराति साढे १ बजेको समयमा आगलागी भएको हो । रातिको आगोको मुस्लो देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । स्थानीय र प्रहरीले राति २ बजे आगो नियन्त्रणमा लिएका हुन् । आगोले स्टेनसनरी र फेन्सी पसलमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । पौडेलको पसलबाट सुरु भएर आगो अर्को सटरमा रहेको फेन्सी पसलमा पुगेको थियो । विद्युत सर्टका कारण आगलागी भएकाे अनुमान गरिएकाे छ ।

Comments

comments