दुई स्वास्थ्य संस्था अस्पतालमा स्तरोन्नती गरिने

langtang hp

रसुवाको दुई वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको छ । सरकारको एक गाउँ पालिका एक अस्पताल बनाउने योजना अन्तर्गत जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाकाे रहेको गोल्जुङ  र नौ कुण्ड गाउँपालिकाको पारच्याङ स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिने भएको हो ।

जिल्लाको ग्रामीण भेगमा रहेको स्वास्थ्य संस्थालाइ अस्पतालको रुपमा परिणत भएपछि सामान्य खालका बिरामी सदरमुकाम धुन्चे तथा नुवाकोट जानुपर्ने बाध्यताको अन्त्य हुने देखिन्छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार गरेको पत्रकार सम्मेलनमा रसुवाका दुई स्वास्थ्य संस्था सहित  देशभरका २ सय ३६ वटा स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गर्न लागिएको जनाएको हो ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार गत वर्ष सरकारले २ सय ५१ स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई १५ वेडको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरी भवन निर्माणको काम सुरु गरिसकेको छ । त्यस्तै यस वर्षका लागि स्तरोन्नती गर्ने भनिएका स्वास्थ्य संस्थाको सम्भाव्यता अध्ययनका लागि स्वास्थ्य मन्त्रालयले सहरी विकास मन्त्रालयलाई पठाइसकेको समेत स्वास्थ्य मन्त्री ढकालले जानकारी दिनुभयाे ।

Comments

comments