दुर्गम क्षेत्रमा बैंक स्थापना भएपछि स्थानीय खुशी

janatabanklogo

रसुवा, जिल्लाको ग्रामीण क्षेत्रमा स्थानीय तहसँगै बैक स्थापना भएपछि स्थानीय जनता निकै खुशी भएका छन् ।

बैंक स्थापना भएपछि स्थानीयवासीले रकम वचत गर्न तथा वित्तय सेवा लिन थालेका छन् । नौकुण्ड गाउँपालिकाको पारच्याङमा गत भदौमा जनता बैंक नेपाल लिको शाखा स्थापना भएपछि त्यहाँका किसानले पहिलो पटक बैकिंङ कारोबार गर्न थालेको छ । अहिलेसम्म १ हजार बढी स्थानीयवासीले बैकिङ कारोबार गरेको दैनिक रुपमा २०/२५ जना बैंकमा खाता खाेल्न आउने गरेको धुन्चे स्थित जनता बैकका प्रमुख ब्रजेश अर्यालले जानकारी दिनुभयो ।

कालिकास्थानबाट १० कोषको पूर्वमा रहेको पारच्याङमा नौकुण्ड गाउँपालिकाको केन्द्र बनेपछि सडक सन्जालले गाउँ टोल जोड्ने तथा बैक र सुरक्षाका लागि नेपाल प्रहरीको चौकीसमेत रहेकाले स्थानीयवासीलाई बैंकिङ सेवा प्रदान गर्न शाखा स्थापना गरिएको जनता बैंक नेपालले जनाएको छ ।

पारच्याङमा बैंक स्थापना भएपछि ग्रामीण किसानले गाइ भैसी बाख्रा, कुखुरा पालन तथा कृषिउपज बिक्रीबाट प्राप्त आयआर्जन गरी सुरक्षित रुपमा रकमसमेत बचत गर्न थालेका छन् । बैंक खुलेपछि नौकुण्ड गाउँपालिकाको यार्सा पारच्याङ पाटीखर्क, सरमथली, फाम्चेत, मञ्जुचेत, चिलाउनेगाउँ घिचेतलगायत गाउँका किसान निकै खुशी भएको स्थानीय समाजसेवी तथा सरमथलीका पूर्व गाविस अध्यक्ष हितबहादुर न्यौपानेले बताउँनुभयो ।

सात/आठ वर्ष अघि धुञ्चेबाट स्थापना शुरु भएको जनता बैंकले नेपाल चीन सीमाको क्षेत्र टिमुरे र कालिका गापाको कालिकास्थानमा स्थापना समेत गरी ४ ठाउँमा शाखा खोलेर बैंकिङ सेवा प्रदान गरी रहेको बताइएको छ । जनता बैंकको रसुवाको धुञ्चे शाखामा निक्षेप भने रु २९ अर्ब र ऋण लगानी साढे आठ करोड रहेको बैंकका शाखा प्रमुख अर्यालले जानकारी दिनुभयो । चार वटा बैंकमा २५ हजार बढि ग्राहकले खाता खोलिसकेको जनाएको छ ।

त्यसै गरी उत्तरी आमाछोदिङमो गाउँपालिकाका थाम्बुचेतमा कुमारी बैकले शाखा खोले पछि स्थानीयले बित्तिय करोवार सहज रुपमा गर्न पाएको स्थानीय साङजेन जलविद्युत आयोजनाका ईन्जिनियर सबिन अधिकारीले बताए । शाखा स्थपनाको ७ महिनामा १ हजार बढि ग्राहकले खाता खोलेको बैकका शाखा प्रमुख राजकाजी बज्राचार्यले बताउनुभयो ।

Comments

comments