सुमाे दुर्घटनामा २ को मृत्यु ३ बेपत्ता

Sumo

रसुवा, जेठ २० गते । रसुवाको बेत्रावती -मैलुङ -स्याफ्रु सडक अन्तर्गत कालिका गाउँपालिका -१ को गुम्चेतमा बा १० च ५८२० नम्बरको सुमो जिप दुर्घनामा २ महिला मृत्यु ३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा १ महिला र २ पुरुष रहेका छन् । मृतकको सनाखत भने भएको छैन । त्यसैले प्रहरीले मृत घोषणा नगरेपनि उद्धारको क्रममा २ जना मृत फेला परेको सेनाले जनाएको छ ।

बेत्रावतीबाट स्याफ्रुतर्फ जाँदै गरेको सो गाडी साँझ ६ः २० गुम्चेत सडकबाट १ मिटर तल खसेको थियो । दुर्घटनास्थल बस्ती तथा सुरक्षा निकायभन्दा टाढा रहेकोले सूचना ढिला प्राप्त भएको थियो । घटनास्थलमा पुगेको नेपाली सेना र प्रहरी टोलीले ६ जनाको उद्धार गरी त्रिशूली अस्पताल पठाएको नेपाली सेनाले जनाएको छ । सो सुमोमा सवार पोखरा घुमेर फर्केका आमाछोदिङमो गाउँपालिका ४ गोल्जुङ यात्री रहेको र बेपत्ता तीनजनाको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो ।

घटनास्थल कालिकास्थान प्रहरी चौकीबाट १ घण्टा टाढा रहेको छ । कच्ची सडक र नजिकै प्रहरी चौकी नरहेकोले शान्ति बजार तथा कालिकास्थानबाट त्यहाँ प्रहरी पुगेको थियो भने नजिकै मैलुङमा रहेको नेपाली सेनाको टोलीले त्यहाँ घाईतेको उद्धार सुरु गरेको थियो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । चालक २७ वर्षको निमाकामी तामाङ पनि घाईते भएका छन् । अहिले पनि हराएकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 दुर्घटनामा गोल्जुङका गीता घले , देजी घलेको मृत्यु भएको आफन्तले बताएका छन् ।

Comments

comments