दुर्घटना न्युनिकरणका लागि प्रहरीको ५ दिने अभियान सुरु

14203301_313678992319535_3325589460776559930_n

पासाङल्हामु राजमार्गमा गाडीका चालक र सहचालकका लागि रसुवामा सचेतनामुलक अभियान सुरू भएको छ ।

बढ्दै गएको दुर्घटना न्युनिकरणका लागि राजमार्गको रसुवा खण्डमा गाडीका चालक तथा सहचालकका लागि अभिमुखिकरण गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय र जिल्ला ट्राफिक प्रहरी कार्यलय रसुवाको संयुक्त आयोजनामा सुरू भएको अभियानमा दुई सय चालक तथा सहचालकलाई सचेतना जगाइने प्रहरीको विश्वास छ ।

प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार अभिमुखिकरणमा सवारी दुर्घटना, चालक तथा सहचालकको व्यवहार र यातायात सम्बन्धी संशोधित ऐन नियमका बारेमा जानकारी गराइने छ ।

साँघुरो सडक, बढ्दो सवारी चाँप र तीव्र गतिका कारणआर्थिक वर्ष २०७२र०७३ मा सवारी दुर्घटनामा रसुवामा ४० जनाले ज्यान गुमाएका थिए । ६० जना घाइते भएको प्रसाईँको भनाई छ ।

सदरमुकाम धुन्चेमा सोमबार एक दिन, टिमुरेमा ३ दिन र कालिकास्थानमा एक दिन अभियान चलाइने छ । दुर्घटना न्युनिकरणका लागि प्रहरीको ५ दिने अभियानले गाउँ गाउँमा जनचेतना अभिबृद्धि हुने आशा गरिएको छ ।

Comments

comments