दुवै मृगौला समस्या उपचारमा सहयोगको लागि खनाल परिवारकाे अपिल

Khanal

रसुवा, उत्तरगाय गाउँपालिका -५ का युवा लेखनाथ खनाल दुवै मृगौलामा समस्या देखिएपछि हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । उपचार तथा  मृगौला प्रत्यारोपणका लागि सहयाेग गरी नयाँ जीवन दिनको  परिवारले अपिल गरेका छन् ।

दुवै मृगौला खराब भएको चिकित्सकले प्रमाणित गरेपछि घरायसी अवस्था नाजुक भएकाे खनालकाे  छिटोभन्दा छिटो मृगौला प्रत्यारोपण तत्काल गर्नु पर्ने छ तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले तत्काल मृगौला प्रत्यारोपण गर्न सम्भब देखिएको छैन । उनका नाबालक छोरा, छोरी र श्रीमती छन् । परिवारको लालनपालनको जिम्मेवारी त छँदैछ त्यसमा पनि घरमुली नै दुवै मृगौलाले काम नगर्ने खनाल परिवार  झनै मारमा परेका छन् ।

हालै उनी उपचारको क्रममा  टिचिङ अस्पतालमा डायलासिस गरिरहेका छन् । उनलाइ  औषधि उपचारकाे लागि रकम पनि जुटाउन एकदमै मुस्किल परेको पारिवारिक श्रोतले जनाएको छ । उपचारका लागि सहयाेग गरी  नयाँ जीवन दिनको लागि सामाजिक र मानवीय सेवामा अग्रणी अभियान चलाउने सामाजिक अभियान, मातृभूमीका लागि युबा अभियानले उनको जीवन रक्षाको लागि सबै सरोकारवाला निकाय , सामाजिक संघ सस्था, राजनीतिक दल, पत्रकार र सञ्चार माध्यमहरूमा अपिल गरेका छन् ।

खनालको जीवन रक्षाको लागि सहयोगी हातहरु बढाईदिन मातृभुमीका लागि युवा अभियान लागि परिरहेको छ । सम्पर्कका लागि मृगौला पीडित खनाललाइ विज्ञान आचार्यकाे माेवाइन नं 9861559754, शिव आचार्य : 9860586851, साबित्री खनाल : 9841161707, बाशु देब खनाल :9860659687 सम्पर्क गर्न सक्नुनुनेछ । त्यसै गरी मातृभुमीका लागि युवा अभियानको हिमालयन बैंक नेपाल लिमिटेडकाे खाता नं. 04406854180011 मार्फत आर्थिक सहयोग उपलब्ध गराइदिइ खनालकाे जीवन रक्षाका लागि अनुराेध गरिएकाे छ । Khanal

Comments

comments