धुन्चे, रसुवामा सञ्चालन गरिएको दोस्रो अकिआस फुटसल कपको उपाधि टिम कालिकाले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा कालिकाले ६–३ गोल अन्तरले ज्याङ्दे युथ सोसाइटी धुन्चेलाई पराजित गरेको हो ।
त्यसैगरी भूमेदेवी कल्लेरी युवा क्लव नुवाकोटले ६–१ गोल अन्तरले आयोजक टिम शैक्षिक, ज्ञानी, वौद्धिक र प्रज्वलित समाज (अकिआस)लाई पराजित गरेको छ । खेलमा भूमेदेवी कल्लेरी युवा क्लव तेस्रो र शैक्षिक, ज्ञानी, वौद्धिक र प्रज्वलित समाज (अकिआस) सान्त्वना भएको छ । अकिआसले सदरमुकाम धुन्चेमा फुटबलको सानो रूप ‘फुटसल’ सञ्चालन गरेको थियो । प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका थिए ।
खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वित्तीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
कार्यक्रममा समापन समारोहमा अकिआसका अध्यक्ष निबेश श्रेष्ठ, प्रमुख अथिती फुटबल सघका केन्द्रिय सदस्य पूर्णमान चित्रकार, बिशिस्ट अतिथी नागारिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, अतिथिमा फुटबल संघ नुवाकोटका अध्यक्ष दिपक चित्रकार, रसुवा माविका प्रधानाध्यापक तेम्पारिसाङ घले, रेडियो रसुवाका अध्यक्ष दिपक लामा र रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सन्जीव अमात्य रहनुभएकाे थियाे । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ । शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ । यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो ।
Related Posts
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- विरुवा कलमी तालिम सम्पन्न
- विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नाका कारण बारे सेमिनार
- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन
- रमणीय तामाङ बस्ती थुमन गाउँ
- क्यान्सरलाई जितेर फर्किएका समाचार प्रमुख पौडेललाई मकालु टेलिजिनमा स्वागत