द्वन्द्वकालको विद्युत महसुल असुली गरेकाे उपभाेक्ताकाे गुनासाे

Nea

कालिकास्थान, रसुवा

नेपाल विद्युत प्राधिकरणले तत्कालिन दश वर्षे द्वन्द्वकालको विद्युत महसुलको बक्यौता भन्दै पत्राचार गरी हजर्ना सहित महसुल असुल गरेको उपभोक्ताले गुनासो गरेका छन् ।

द्वन्द्वकालकाे बक्याैता रहेकाे जिल्लाभरका ७ सय ७१ परिवारमा नेपाल विद्युत प्राधिकरणले पत्राचार गरेकाे छ । विद्युत बक्यौता बढि उत्तरगया गाउँपालिकामा उठ्नु पर्ने देखिन्छ । नेपाल विद्युत प्राधिकरण जिल्ला शाखा रसुवाका प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । उत्तरगया गाउँपालिका ५ बनुवाका तारानाथ आचार्यको नाममा ६३ हजार ६ सय ८३ रुपियाँ रहेको छ । प्राधिकरणको कालिकास्थान उप वितरण केन्द्रले उत्तरगया र कालिका गाउँपालिकामा ताकेता गरेर रकम असुलीका लागि पत्र पठाइरहेको छ । एक्कासी केन्द्रबाट घनश्याम शाहले हस्ताक्षर गरेकाे पत्र पाएपछि गाउँगाउँमा उपभाेक्ता त्रसित भएका छन् ।

कालिका गाउँपालिका ३ का  यदुकुमार आचार्यले आफुले १ हजार ८ सय ८५ रुपिया  द्वन्दकालको विद्युत महसुलको बक्यौता भन्दै  बिल तिरेकाे बताउनुभयाे । उपभोक्ताहरुले भने लामो समयअघिको अन्तरालमा द्वन्दकालको विद्युत बक्यौता भन्दै हर्जना समेत असुली गरेको बताए । कालिका गाउँपाललिका र उत्तरगया गाउँपालिकाको रकम कालिकास्थान केन्द्रमार्फत असुली गरिरहेको छ । जिल्लाभर कुल २५ लाख ७१ हजार ७ सय ७४ रुपैयाँ ६० पैसा यस्तो बक्यौता रहेको र असुली गर्न नेपाल विद्युत प्राधिकरण नुवाकोट शाखाले पत्राचार गरेको छ । रकम नतिरे लाईन काट्ने भन्दै पत्राचार गरेको कालिका गाउँपालिका ४ का धनराज तामाङले बताउनुभयो । उहाँले भन्नुभयो “ तत्काल रकम नतिरे कालो सूचिमा नाम राख्ने र लाईन काट्ने पत्रमा लेखिएको छ । ” ताकेता गरेर रकम असुली गरिरहेको तर बिल नदिएको पनि उपभोक्ताहरुले गुनासो गरेका छन् ।

सामाजिक सन्जालमा पनि याे विषयले चर्चा पाएपछि कालिका गाउँपालिका उपाध्यक्षा भवानीप्रसाद न्याैपानेले गाउँपालिकाका नागरिकलाइ के कति रकम असुली गर्न पत्राचार भएकाे  हाे ? त्यसकाे सूचना दिन उपभाेक्ता समक्ष अनुराेध गर्नुभएकाे छ । याे समस्या समाधानका लागि सरकारले माथिल्लाे तहबाट पहल गर्न लग्नुपर्ने उपभाेक्ता बताउछन् ।

Comments

comments