द्वन्द्व पीडितले राहत नपाएको गुनासो

lantang-logo (1)

रसुवा, ०७६ साउन १ गते

दशवर्षे सशस्त्र द्वन्द्वको समयमा घाईते तथा अङगभङ्ग भएका द्वन्द्व पीडितले राहत नपाएको गुनासो गरेका छन् ।

द्वन्द्वको समयमा बिस्थापित भएर द्वन्द्व पीडित परिचय पत्र प्राप्त गरेका तर अहिले आफु जस्ता धेरैले सूचिबाट हटेको र प्रदेश नं ३ संघीय मामीला तथा कानून मन्त्रालयले द्वन्द्व प्रभावितका लागि सहायता गर्ने सम्बन्धि कार्य बिधी २०७५ अनुरुप द्वन्द्व प्रभावित भएका परिवारलाई शिक्षा, स्वास्थ्यलगायत सीप विकासमा सहयोग गर्न बिबरण माग गरेपनि आफुहरु बञ्चित भएको उत्तरगया गाउँपालिका २ डाडागाउँका सन्तोष अधिकारीले ईन्सेक प्रतिनिधीसँग गुनासो गरे । द्वन्द्व पीडितको अधिकार रक्षाका निमित्त आवाज उठाइदिन उनले अनुरोध समेत गरे । उनले द्वन्द्वको समयमा तत्कालिन नेकपा माओवादी कार्यकर्ताले कुटपीट तथा यातना दिएका थिए भने ०६४ को कुटपीट गरी निर्वाचनमा घाइते भएका थिए । कतिघाईतेले आर्थिक अभावमा उपचार गर्न सकेका छैनन् उनले भने यस्तो अन्याय भयो ।

उत्तरगया गाउँपालिकाको केही धेरै द्वन्द्व पीडित ब्यक्तिहरु लगत लिन छुटेका छ । प्रदेश सरकारले पठाएको तथ्यांकमा उत्तरगया गाउँपालिकामा १ सय ७० जना द्वन्द्व पीडित रहेको अभिलेख भएपनि १९ जनाले मात्र गाउँपालिकामा फर्म भरेर बुझाएको सूचना अधिकारी उत्सव पौडेलले बताउनुभयो । जस अन्तर्गत ९ जनाले मात्र तोकिएको राहत रकम पाएका थिए । गाउँपालिकाले सूचना जारी गरेपछि १९ जनाले आवेदन दिएकोमा औषधी उपचार ५ जना, शिक्षा ७ जना र सिप सिकाई सम्बन्धी ७ जना थिए जस मध्ये ३० हजारका दरले स्वास्थ्य उपचार खर्च ५ जनाले, शिक्षा अन्तर्गत १२ हजार रुपियाँ पाएपनि सिपमुलक तालिम भने तालिम दिने फर्मसँग संझौता गरेर गर्नु पर्ने भएकोले त्यस्तो फर्मको पनि आवेदन नपरेकोले द्वन्द्व पीडितको नाममा बजेट खर्च हुन नसकेको पौडेलले बताए । स्थानीय तहबाट समयमा प्रभावकारी सूचना नभएको स्थानीय द्वन्द्वपीडितहरुको गुनासो छ ।

शान्ति समितिको कार्यालय हुँदासम्म राहतका लागि धाइन्थ्यो । अब त समिति पनि खारेज भयो,उनले भने राहत माग्न हामी कहाँ जाने ? अहिले राहत पाउने सबै आशा मरिसक्यो । राहत र जीवन निर्वाह भत्ताका लागि विभिन्न निकायमा पटक पटक फारम भरिसकेको बताउने उनी ऋण काढेर र जग्गा बेचेर जीविका चलाइरहेको गुनासो गर्छन् । रसुवामा शान्ति समिति खारेज भएपछि अहिले द्वन्द्वपीडितको समस्या जिल्ला प्रशासन कार्यालयले हेर्दै आइरहेको छ ।

Comments

comments