द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गरः इन्सेक

Rasuwa langtangnews.comRasuwa langtangnews.com

लामो समयदेखि न्यायको पखाईमा रहेका द्वन्द्व पीडितहरूको न्यायको सुनिश्चिता गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सरकारसँग माग गरेको छ ।

इन्सेकका बागमती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमले जेठ २४ गते एक विज्ञप्ति प्रकाशन गरि सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका पीडितले लामो समयदेखि न्यायको पर्खाइमा रहेको उल्लेख गरिएको छ ।

चितवनको बकुलहर चोकमा गोरखाको फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्या भएको १६ वर्ष र चितवनकै बाँदरमुडेमा भएको बम विस्फोटनको १५ वर्ष भइसक्दा पनि पीडित तथा पीडितका परिवारले न्याय नपाएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा छोराको हत्यामा संलग्नलाई कारबाही गरि न्याय प्राप्तिका लागि पटकपटक आमरण बसेका बुबा नन्दप्रसाद र आमा गंगामाया मध्ये बुबा नन्दप्रसादको अनशन बसेकै अवस्थामा मृत्यु भएको पाँच वर्ष पुगिसकेको छ भने आमा गंगामायाको न्यायको लाडाईँ जारी रहेको र मृतक नन्दप्रसादको अन्त्यष्टी समेत हुन नसकेको उल्लेख छ ।Press Release 20770224-Insec-Bagmati Province

सशस्त्र द्वन्द्वको क्रममा पीडित भएका परिवारले वर्षैदेखि उठाइरहेको न्याय र परिपूरणको मागलाई विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भइसक्दा पनि सम्बोधन हुन नसकेको प्रति इन्सेकले ध्यानाकर्षण भएको जनाएको हो । इन्सेक विज्ञप्ति मार्फत सङ्क्रमणकालीन न्यायका लागि अब सरकारले सर्वाेच्चको आदेश बमोजिम ऐन संशोधनको प्रकृया अगाडि बढाई अन्तराष्ट्रिय मापदण्डको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन’ बनाई पीडितलाई न्याय दिन सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।

इन्सेक अनलाइनबाट

Comments

comments