रसुवाका द्वन्द पीडितलाई राहत बितरण

IMG_20170707_130440

रसुवा ,असार २३ गते । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयले रसुवाका द्वन्द पीडितहरुलाई ०७४ असार २३ गते एक कार्यक्रमका बीच राहत रकम बितरण गरिएको छ ।Rahat

शसस्त्र द्वन्दका क्रममा राज्य तथा बिद्रोही पक्षबाट हत्या भएका बेपत्ता पारिएका परिवारलाई स्थानीय शान्ति समितिले राहत रकम बितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, जिल्ला स्तरिय शान्ति समितिका पदाधिकारीहरु ,जिल्लाका राजनीतिक दलका प्रमुख, जनप्रतिनिधीहरु, अधिकारकर्मी लगायतले राहत रकम बितरण गरेका थिए । द्वन्दका क्रममा २२ मृतकका आफन्त परिवारलाई जनही ५ लाख रुपियाँ, १ बेपत्ता परिवार पाँच  लाख रुपियाँ,  २ नेपाल प्रहरी, २ शसस्त्र प्रहरी र १ नेपाली सेनाका मृतकका परिवारका आफन्तलाई १ लाख ७५ हजारका दरले राहत रकम बितरण गरिएको हो ।IMG_20170707_130000

कार्यक्रममा शान्ति तथा पुर्ननिर्माण मन्त्रालयका उप सचिव दुर्गाप्रसाद भूर्तेल, शाखा अधिकृत मेदनप्रसाद काफ्ले,जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डे, जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेल, जिल्ला स्तारिय शान्ति समितिका संयोजक लामाकार्पु तामाङ, पुर्व संयोजकहरु, विष्णु देवकोटा, माधब लामिछाने, एमाले नेता बिजय लामा, माओवादी कन्द्रका नेता ईन्द्र गौतम , नेपाली काँग्रेसका सभापति पेम्पछिरिङ तामाङ, नव निर्वाचित जनप्रतिनिधीहरु कालिका गाउँ पालिकाका अध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने, गोसाईकुण्ड गाउा पालिका अध्यक्ष कैसाङनुर्पु तामाङ , उपाध्यक्ष करग्याल्मु श्रेष्ठ, नौकुण्ड गाउँ पालिका उपाध्यक्ष सिर्जना लामा, पार्वती कुण्ड गाउँ पालिका उपाध्यक्ष नविना लामा  ,नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडालगायतका सरोकारवालाहरुले  द्वन्द पीडितलाई खादा लगाएर राहत रकमको चेक हस्तान्तरण गरेको सचिव केदार काफ्लेले बताए । कार्यक्रममा नव निर्वाचित गाउँ पालिका अध्यक्ष र उपाध्यक्षहरुलाई अभिमुखीकरण समेत गरिएको थियो ।

तस्वीर हेमनाथ खतिवडा

Comments

comments