धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिए

264158753_919470668773782_7370744717297125977_n

काठमाडौँ । नेपाली काँग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । यस अघिको प्रदेश अधिवेशनमा बागमती प्रदेशको सभापतिका दावेदार रहेका धमलाले बागमती प्रदेशबाटै केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका हुन् । यसपटक पनि दावेदारी मात्र हाे कि जित सुनिश्चित हुन्छ हेर्न बाँकी छ ।

उनको उम्मेदवारी शेखर कोइरालाको टिमबाट रहेकोले पनि भन्न सक्ने अवस्था भने छैन  । जिल्ला पार्टी सभापतिको रुपमा सफल कार्यकाल सम्पन्न गरेका धमला महाधिवेशन प्रतिनिधिहरूले आफुलाई चुन्नेमा विश्वस्त समेत रहेका छन् ।

धमलाको राजनीतिक जीवन:

वि.सं.२०३७ बाट नेपाल विद्यार्थी संघको सदस्यता लिई राजनीतिमा होमिएका उनी सोही वर्ष नेविसंघ, अचने मावि धादिङ इकाई अध्यक्ष बन्न सफल भए । विद्यार्थीकालमा निकै संघर्षपुर्ण राजनीतिक गरेका उनीमाथी निकै ठुला ठुला भौतिक आक्रमण समेत भएको थियो । उनीमाथी भिरबाट गुल्ट्याउनेसम्मको निकै निन्दनीय आक्रमण समेत गरिएको थियो । पन्चायत विरुद्धको आन्दोलनमा निकै सक्रिय भएर लागेका उनी पटक पटक पक्राउ समेत परेका थिए । धमला केही समय शिक्षण पेशामा समेत आवद्धता भएका थिए । नेपाल शिक्षक संघ धादिङको २०४७ सालमा स्थापना हुँदै गर्दा उनी संस्थापक सदस्य बन्न सफल भएका थिए । त्यसबेला काँग्रेसको सँगठन विस्तार अहोरात्र खटिरहेका उनी शिक्षक पेशाबाट अलग भएर पुर्णकालिन कार्यकर्ताको रुपमा राजनीतिमा होमिएका थिए । २०५३ सालमा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुँदै २०५४ सालमा नेपाली कांग्रेस धादिङ, क्षेत्र नं. २, क्षेत्रीय सचिव बनेका उनी २०५५ सालमा गाविस राष्ट्रिय महासंघ सदस्य समेत बन्न सफल भएका थिए। निडर र प्रष्टवक्ता भएकै कारण धमलाले राजनीतिक रुपमा आफुलाई अगाडि बढाउन सफल भईरहे । २०५७ सालमा नेपाली कांग्रेसको महासमिति सदस्य बन्न सफल उनी माओवादीको निशानामा समेत पर्ने गरेका थिए ।

Comments

comments