धुञ्चेमा सडक एकाइ स्थापना

lantang-logo (1)

जेठ १६ रसुवा | त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ ।

डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा बढ्दो सवारीचाप र ग्राङ–राम्चे क्षेत्रको जीर्ण सडकलाई ध्यानमा राखी नेपाल चीनबीचको व्यापार व्यवसाय अभिवृद्धिमा सहज पार्न धुञ्चेमा स्थापित सो एकाइ जिल्ला शिक्षा कार्यालयको खाली भवनमा राखिएको बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टलेविसं २०४२ मा बनेको सो सडकमा नयाँ एकाइ कार्यालय स्थापनाले अब नेपाल–चीनको व्यापार व्यवसाय सहज पार्न र सडक मर्मतसम्भारमा मद्दत मिल्ने बताउनुभयो । सडक एकाइमा इञ्जिनीयरसहित दुई प्राविधिक रहनेछन् । बेत्रावतीदेखि रसुवागढीसम्मको पूरै सडक नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।

 

Comments

comments