धुञ्चे बजार सरसफाई अभियान

wash rasuwa

धुञ्चे, भाद्र, १३ गते । गोसाइकुण्ड गाउँपालिका वडा नं ६ धुञ्चे बजार सरसफाई गरिएको छ । वडा कार्यालय र प्रमुख जिल्ला अधिकारीको अगुवाईमा सम्पन्न उक्त सरसफाई कार्यक्रममा सुरक्षा निकाय, पत्रकार, स्थानीय बासिन्दा र कार्यालय प्रमुखको सहभागिता रहेको छ ।

अभियानका क्रmममा सडकमा देखिएका निर्माण सामग्रीहरु तीन दिन भित्र व्यवस्थित गर्ने र त्यसको अनुगमन र सरसफाई अभियान वडा कार्यालयले निरन्तरता दिने बताईएको थियो । तत्कालैदेखि पत्रचार गरेर सडकमा रहेका निर्माण सामाग्री हटाउने वडा अध्यक्ष दावा सिदार वाईवाले बताउनुभयो ।

सफा बजार निर्माणको ध्येयले सुरु गरिएको उक्त अभियान निरन्तर सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नजिकैबाट सुरू गरिएको सरसफाई अभियान धुञ्चे बजार हुँदै पुरानो गाउँसम्म पुगेर टुङ्गिएको थियो ।

Comments

comments