धुञ्चे र पोखरा बस सेवा सुरू

dhunche-pokhara

रसुवा, पर्यटन वर्ष २०२० लाई सफल बनाउन रसुवा सदरमुकाम धुञ्चे र पोखरा बस सेवा मंगलबारदेखि  सञ्चालनमा आएको छ ।

टिमुरे यातायात प्रा.लि. र पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिको सहकार्यमा पहिलो पटक यहाँबाट बस सेवा संचालनमा ल्याएको हो । पवित्र तिर्थ गोसाईकुण्ड तथा लाङटाङ क्षेत्र र तामाङ सम्पदा मार्गको भ्रमण सहज र सरल बनाउने उद्देश्यले धुञ्चेदेखि पोखराको लेकसाईटसम्म नियमित बस सञ्चालन गरिएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष एवं बस सञ्चालक समितिका सल्लाहकार सञ्चिव आमत्यले जानकारी दिए ।

उनका अनुसार मंगलवार रसुवा हुँदै पोखरा जाने बसलाई गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनूर्पु तामाङ र नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

विहान ७ बजे धुञ्चेबाट पोखराको लागि दैनिक एउटा र पोखरा बाट ६ः४५ बजे धुञ्चेका लागि एउटा बस छुट्ने  बस सञ्चालनले हिमाली प्रकृतिको अवलोकन गर्न आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज हुने अनुमान गरिएकाे छ ।

तस्वीर  : सरस्वती न्याैपाने धुन्चे रसुवा

Comments

comments