धुन्चेबासीकाे सक्रियताले इतिहासकाे सम्झना गरायाे

फुर्पा तमाङ

स्थानीय तहकाे संरचना र phurpa Tamang 2012संख्या निर्धारण गर्न गठित अायाेगले दिएकाे गलत सिफारिसका कारण साउन १५ गतेदेखि रसुवा जिल्लाकाे सदरमुकाम धुन्चेमा अशान्ति भइरहेकाे छ।उक्त अायाेगले जनसंख्यालाई मात्र अाधार मानेर संघीय संरचनामा एक जिल्ला भित्र यतिउति गाउँपालिका हुने भनी ताेकेकाे थियाे।जसअनुसार रसुवा जिल्ला लगायतका हिमाली जिल्लाहरुमा ३ वटा गाउँपालिका हुने भनियाे।

याे नै विवादकाे जड बन्न गयाे।यही सिफारिसकाे अाधारमा हाल जिल्लामा भएकाे १८ गाविसबाट ३ वटा गाउँपालिकामा सिमित बनाउनु चानचुने कुराे हाेइन।याे संवेदनशीलतालाई हलुका ढंगले लिएर जनता, बुद्दिजिवी, नागरिक समाज अादिसंगकाे व्यापक छलफल विना दुई-चार स्थानमा चलाइकाे छलफलकाे अाधारमा स्थानीय नेताहरुले नक्शाकंन र सिमाकंन गर्न खाेज्याे भनेर विवाद भएकाे देखिन्छ।यसलाई शान्तिपूर्ण ढंगले समाधान गरिनु पर्दथ्याे।स्थानीय नेताहरु कुटिनु दुर्भाग्य हाे।तर, सराेकारवालाहरुकाे अावाज नसुन्नु पनि राम्राे हाेइन।

धुन्चेका जनताले रसुवा जिल्लाकाे सदरमुकाम स्याफ्रुवेशीबाट रातारात धुन्चे सारेका थिए। कल्साङ तमाङ लगायतका बलिया र शुरवीर युवाहरुले सरकारी अड्डाका सामानहरु अाेसारेर सारिएकाे बताउने कल्साङ तमाङ र केही व्यक्ति जिवितै छन्। उसाे त धुन्चेमा घले राजाकाे शासन पनि थियाे।घले राजाकाे दरवारकाे अवशेष अझै छ।यसकारण धुन्चेवासीलाई सदरमुकामकाे स्वाद भनुँ या प्रशासनिक सुगमता नजिक हुनुपर्ने कुरा उहिलेबाट नै थियाे।गाउँपालिका भएपछि धुन्चेकाे केन्द्र पार्च्याङ-सरमथली पुर्याएकाे विराेधमा उनीहरु उत्रेका हुन्।

निर्णय गर्नेहरुले ऐतिहाँसिक पक्षलाई ध्यान दिइएन।कम्तिमा उनीहरुकाे प्रतिनिधिले स्वीकारेका भए पनि याे दुखद घटना नहुने रहेछ। प्रहरीले पक्राउ गरेका स्थानीय छिरिङ घले रिहाइ नगरेसम्म सबै धुन्चेबासी त्यसकाे विराेधमा उत्रिने बताउँछन्।याे घटनाले संघीयता कार्यान्वयनमा नै चुनाैती हुने संकेत देखा परेकाे छ।तर शान्तिपूर्ण ढंगले विषयवस्तु माथि छलफल गरि निष्कर्षमा पुग्नु नै सबैका लागि हित हुन्छ।

Comments

comments