धुन्चेमा शंखपार्क उद्घाटन

Park

रसुवा, सदरमुकाम धुन्चेमा नवनिर्मित शङ्खपार्ककाे उद्घाटन भयाे । गोसाइँकुण्ड गाउँपालिका र मानेकोर सोसाइटी नेपाल अन्तर्गत संचालित युएनडिपीसँगको साझेदारीमा संचालित सामुदायिक संरचना तथा जिविकोपार्जन सुधार परियोजनाको संयुक्त साँझेदारी तथा रसुवा संरक्षण तथा साँस्कृतिक कला समूहको सहजिकरणमा शंखपार्क निर्माण भएकाे हाे ।

शनिबार गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ, धुन्चे स्थित टुल्कुछोयलिङ गाेम्बाका प्रमुख लामा नुर्पूछोवाङ घले, संबिधान सभाका सदस्य छोवाङतेन्जिन तामाङले उद्घाटन गर्नुभयाे । उद्घाटन लगत्तै पार्कको साँचो गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ का वडाध्यक्ष दावासिदार वाइवालाई हस्तान्तरण गरिएको छ ।park 22

गोसाइँकुण्ड गाउँपालिकाको १० लाख रुपियाँ, मानेकोर सोसाइटीको ५ लाख ५९ हजार ८ सय ३२ रुपियाँ २८ पैसा र उपभोक्ता समितिको जनश्रमदानबाट १ लाख ७३ हजार तिन सय १४ रुपियाँ  ७० पैसा गरी कुल १७ लाख ३३ हजार १ सय ९६ रुपियाँ ९८ पैसाको लागतमा शंखपार्क निर्माण गरिएको पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष उमेश तामाङले बताउनुभयाे । शंखपार्कले पर्यटन  प्रवर्धनमा समेत टेवा पुग्ने विश्वास लिइएकाे छ ।

बौद्ध धर्मग्रन्थ अनुसार भगवान र मानव युगमा मानव बस्ति छनौट गर्ने क्रममा भगवानले परापूर्व कालमा बोङजो डाडाँबाट शंख फुक्दा हाल धुन्चेको ब्राबल भन्ने स्थानमा उक्त शंख अडिन पुगेको र उक्त शंख अडिएको स्थानलाई मानव बस्ती बस्न योग्य र सदैव भगवानको कृपा रहने स्थान हुनेछ भनि फ्याकिएको सो शंख ठाडो भई अडिएकोले स्थानीय भाषामा शंखलाई धुङ र ठाडो भई अडिएकोलाई लाङ्ग भनिएको हो । यी दुई शब्द मिलि बनेको धुङलाङ शब्दबाट सदरमुकाम धुन्चेको नामाकरण समेत भएकाे जनविश्वास रहिरहेको छ ।Park

Comments

comments