धैबुङ्ग कालिका सहकारीले १३ लाख नाफा कमायो

Kalika sahakari

रसुवा । यस वर्ष धैबुङ्ग कालिका साना किसान सहकारी संस्थालेसंस्थाले वर्ष १३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

संस्थाले कुल आम्दानी ३९ लाख ३२ हजार रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च २५ लाख ९७ हजार रुपैयाँ कटाई १३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।

संस्थाको छैठौं साधारण सभा तथा तेस्रो अबिधेशनबाट प्रति सेयर ९ प्रतिसतले सेयर लाभांस बितरण गर्ने निर्णय समेत गरेको संस्थाका प्रबन्धक पूर्ण न्यौपानेले बताउँनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य अर्जुन पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ग्रामीण तहमा सहकारीले छरिएर रहेको पँुजीलाई संकलन गरी कृषि तथा बिभिन्न ब्यवसायमा लगानी गर्दै  संस्थाले सेयर सदस्यहरूको ब्यवसायिक बृद्धि विकास र आर्थिक उन्नतीमा टेवा पु¥याउने अध्यक्ष विष्णु पौडेलले बताउँनुभयो ।

कार्यक्रममा कालिका गाउँ पालिका अध्यक्ष सीता अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने, वडा अध्यक्षहरु पुष्पराज न्यौपाने, बिक्रम लोप्चन, सेयर सदस्य शर्मिला न्यौपाने, विष्णु देवकोटा लगायतका बक्ताले शुभकामना ब्यक्त गर्दै अनुत्पादक क्षेत्रमा कम लगानी गरेर साना किसानहरुको हक हितमा काम गर्नु पर्ने , परम्परागत निर्वाहमुखि खेती प्रणालीबाट व्यवसायीक क्षेत्रमा लाग्न कृषहरुलाई प्रेरित गर्नु पर्ने बताउँनुभयो ।

Comments

comments