धैबुङ्ग कालिका साना किसान सहकारी १२ लाख ५६ हजार नाफामा

SAM_1590 - Copy

SAM_1593 - CopySanakissan 7कालिकास्थान, रसुवा धैबुङ्ग कालिका साना किसान कृषि सहकारी संस्था लि.ले यसवर्ष १२ लाख ५६ हजार नाफा आर्जन गरेको छ । ८ सय ५१ घरधुरी समेटेको सहकारीको सातौं साधारण सभाले उक्त जानकारी दिएको हो ।

संस्था अध्यक्ष विष्णु पौडेलले कुल आम्दानी ३९ लाख ४६ हजार रुपैयाँ मध्येबाट सो अवधिमा भएको कुल खर्च २६ लाख ९० हजार रुपैयाँ कटाई २ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेकोले प्रति शेयर ९ प्रतिसतले शेयर लाभांस बितरण गर्ने समेत घोषणा गर्नुभयो ।SAM_1591

‘सवैका लागि एक, एकका लागि’ सवै भन्ने मूल नाराका साथ आर्थिक तथा सामाजिक गतिबिधीलाई सरलीकृत गर्ने , स्थानीय तहमा साना किसान वर्गको आयआर्जन पशुपालन, कृषि क्षेत्रमा लगानी गरी उनीहरूको आयमा बृद्धि गराउने अभिप्रायले २०६८ असोज ४ गते बिधिवत् रुपमा यस सहकारी संस्था लि.को स्थापना भएको हो जानकारी दिनुभयो । उहाँले ग्रामीण तहमा छरिएर रहेको पँुजीलाई संकलन गरी कृषि तथा बिभिन्न ब्यवसायमा लगानी गर्दै आएको कुरा यहाँहरू माझ अवगत नै छ । संस्थाले शेयर सदस्य ज्यूहरूको व्यवसायिक बृद्धि विकास र आर्थिक उन्नतीमा टेवा पु¥याउने छ । आगामी दिनमा पनि बचत तथा ऋण कारोवार तथा अन्य सेवा सुविधामार्फत सदस्यहरूको विकासमा सक्रियतापूर्वक भूमिका निर्बाह गर्ने उहाँले बताउनुभयो ।

गतवर्षको ७ सय ९८ सदस्य रहेकोमा यस वर्ष ८ सय ५१ जना पुगेका छन् भने शेयर पुँजी अघिल्लो वर्ष ४० लाख ८४ हजार ५ सय रुपैयाँ थियो भने यस वर्ष ५० लाख ८५ हजार रुपैयाँ पुगेको छ । कालिका गाउँपालिका वडा नं १ राम्चेलाई पनि कार्यक्षेत्रका रुपमा समेटने र एक घर एक सदस्य अनिवार्य रुपमा सदस्य बनाउने लक्ष्य रहेको जनाईएको छ ।SAM_1584

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, कालिका गाउँपालिका अध्यक्ष सिता अधिकारी, उपाध्यक्ष भवानी न्यौपाने, वडा अध्यक्ष पुष्पराज न्यौपाने, सेयर सदस्य तथा समजसेवी विष्णु देवकोटा, भूमिअधिकार महिला कृषि सहकारी संस्थाका अध्यक्ष पुतली तमाङ, महिला अधिकार मञ्चका जिल्ला अध्यक्ष मिठू तामाङ, कृष्णप्रसाद न्यौपानेलगायतका बक्ताहरुले शुभकामाना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधवप्रसाद अर्याललगायत जनप्रतिनिधीहरु, सेयरधनी, कर्मचारी, व्यापारी, पत्रकार सहभागी थिए ।SAM_1595

Comments

comments